जोन्सन एण्ड जोन्सनको खोप लगाएका नेपालीले कतारमा क्वारेन्टिन बस्नु नपर्ने | Khabarhub Khabarhub

जोन्सन एण्ड जोन्सनको खोप लगाएका नेपालीले कतारमा क्वारेन्टिन बस्नु नपर्ने


११ श्रावण २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा- जोन्सन एण्ड जोन्सनको खोप लगाएको १४ दिनपछि कतार आउने नेपालीले क्वारेन्टिन बस्नु नपर्ने भएको छ ।

कतारस्थित नेपाली दूतावासले नेपालबाट कतार आउने नेपालीहरुका लागि नयाँ मापदण्ड सम्बन्धी जानकारी गराउँदै कतार सरकारले कतार प्रवेश गर्ने यात्रुहरुका लागि जारी गरेको अद्यावधिक मापदण्डबारे जानकारी दिएको छ ।

यस्तो छ नयाँ नियम

१. हरेक यात्रुले नेपालमा तोकिएका स्वास्थ्य संस्थाबाट जारी भएको ७२ घण्टाभित्रको कोभिड- १९ नेगेटिभ पीसीआर रिपोर्ट लिएर मात्र यात्रा गर्न पाइने ।

२. यात्रा गर्नुभन्दा कम्तीमा १२ घण्टाअघि www.ehteraz.gov.qa वेबसाइटमा अनलाइन माध्यमबाट प्रि रजिस्ट्रेशन गरेर आवश्यक कागजात अपलोड गरेपछि प्राप्त हुने ट्राबेल परमिट प्रिन्ट गरी साथमा लिएर यात्रा गर्न पाइने ।

३. कतारमा दुवै मात्रा खोप लगाई खोपको प्रमाणपत्र प्राप्त गरेका यात्रुहरुले खोप लगाएको १२ महिना अवधिभित्र पून: कतार प्रवेश गर्दा क्वारेन्टिन बस्नु नपर्ने ।

४.कतारले मान्यता दिएका फाइजर, बोयोएनटेक, मोडेर्ना, अस्ट्राजेनेका र जोन्सन एण्ड जोन्सन खोपको मात्रा कुनै पनि देशमा पूरा गरेको १४ दिन पूरा भएका र खोप लगाएको प्रमाणपत्र प्राप्त गरेका यात्रुले कतारमा क्वारेन्टिन बस्नु नपर्ने ।

५.राहदानीमा भएको नामसँग मिल्ने गरी लेखिएको खोप प्राप्त गर्ने व्यक्तिको नाम, खोप लगाइएको मिति, खोपको नाम/प्रकार, उपलब्ध भएमा खोपको लट नम्बर र खोप लगाउने निकायको सही छाप अनिवार्य हुनुपर्ने दूतावासले जनाएको छ ।

६. कतारमा कोभिड-१९ संक्रमण भई निको भएको १२ महिनाभित्र कतार पून: प्रवेश गर्ने यात्रुले क्वारेन्टिन बस्नु नपर्ने ।

७. खोपको मात्रा पूरा नगरेका, खोपको मात्रा पूरा भएको १४ दिन पूरा नभएका वा खोप नलगाएका यात्रुको हकमा अनिवार्य रुपमा Discover Qatar वेबसाइटबाट बुकिङ्ग गरी १० दिन होटल क्वारेन्टिन वा १४ दिन मेखाइनिस क्वारेन्टिन बस्नुपर्ने दूतावासले जनाएको छ ।

कतार सरकारले जारी गरेको यो नियम जुलाई १२ अर्थात् गएको असार २८ गतेदेखि नै लागू भइसकेको छ । थप जानकारीका लागि सम्बन्धित एयरलाइन्ससँग सम्पर्क गर्न समेत दूतावासले अनुरोध गरेको छ ।

प्रकाशित मिति : ११ श्रावण २०७८, सोमबार  ९ : ५५ बजे

नक्कली सुनको मूर्ति देखाई ठगी गर्ने पक्राउ

काठमाडौं – नक्कली सुनको मूर्ति सस्तोमा मिलाइदिने प्रलोभनमा पारी रु

बडिमालिकामा कृषि मेला : रैथाने बाली प्राथमिकतामा

धनगढी – बडीमालिका नगरपालिकाले आफ्नो उत्पादनको प्रबद्धन गर्न बृहत कृषिमेली

गाजाका लाखौं नागरिक विस्थापित, संयुक्त राष्ट्रसङ्घको गम्भीर चिन्ता

एजेन्सी – संयुक्त राष्ट्रसङ्घीय मानवीय सहायता समन्वय कार्यालय (ओसीएचए)ले जानकारी

जनताका आवाज सरकारसमक्ष पुर्याउँछौँ : प्रचण्ड

डडेल्धुरा– नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

एनपी साउदले भने : सरकारले जनअपेक्षा अनुरुप काम गर्न सकेन

महोत्तरी – नेपाली कांग्रेसका नेता एनपी साउदले वर्तमान सरकारले जनअपेक्षाअनुरुप