पशुपतिनाथमा पूजापाठ गर्दै पूर्वमन्त्री अरगरियाद्वारा वाग्मती नदीमा दूध अर्पण « Khabarhub

पशुपतिनाथमा पूजापाठ गर्दै पूर्वमन्त्री अरगरियाद्वारा वाग्मती नदीमा दूध अर्पण


११ श्रावण २०७८, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पूर्वमन्त्री उमाशंकर अरगरियाले पशुपतिनाथ मन्दिरमा पूजाआराधना गरी वाग्मती नदीमा दूध अर्पण गरेका छन् । साउने सोमबारको अवसर पारेर मन्त्री अरगरियाले पशुपतिनाथ मन्दिरमा पूजाआजा गरी वाग्मती नदीमा दूध अर्पण गरेका हुन् ।

नेपाल फाउण्डेशनका अध्यक्ष विकाशकुमार ठाकुरको संयोजनमा मन्त्री अरगरिया, राजनीतिक विश्लेषक देवेश झा लगायत हिन्दूवादी युवा तथा महिलाहरुले पशुपति मन्दिरमा पूजाआजा गरेका हुन् ।

धर्मगुरु एवं उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाले केही दिन अघि गंगामा दूध अर्पण गरेको विषयलाई अन्धविश्वाससँग जोडेर पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले हिन्दू धर्मावलम्वीहरुको भावनामा चोट पुर्‍याउने गरी टिप्पणी गरेका बेला पूर्वमन्त्री अरगरिया लगायत हिन्दूवादी युवाहरुले वाग्मती नदीमा दूध अर्पण गरेका हुन् ।

वाग्मतीमा दूध अर्पण गर्ने कार्यक्रममा पूर्वमन्त्री अरगरिया, फाउण्डेशनका अध्यक्ष ठाकुर लगायतले पूर्वप्रधानमन्त्री भट्टराई हिन्दू विरोधी गतिविधिमा लागेको भन्दै आलोचना गरेका थिए ।

‘तिथि अनुसार आज श्रावण महिनाको सोमबार बाबा पशुपतिनाथलाई स्मरण गर्दै सनातन विधिले पूजा पाठ गर्दै वाग्मती नदीमा दूध अर्पण गरेका छौ,’ अध्यक्ष ठाकुरले भने, ‘हाम्रो सनातन धर्म विरोधी गतिविधि नगर्न डा भट्टराईलाई चेतावनी दिन्छौँ । सनातन धर्ममाथिको आक्रमण सैह्य हुने छैन ।’

योगी आदित्यनाले केही दिन अघि गंगामा दूध अर्पण गर्दै गरेको तस्वीर ट्वीटरमा शेयर गरेर बाबुरामले अन्धविश्वासले दूध बगाउने र गहुँत खान बाध्य पारेको भन्दै हिन्दूको आस्थामाथि नै चोट पुर्‍याउने गरेको उनीहरुले आरोप लगाएका छन् । उनको उक्त कदमको चौतर्फी आलोचना समेत भएको थियो ।

डा. भट्टराइको उक्त ‘हर्कत’को राप्रपा अध्यक्ष कमल थापा, नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, भारतीय जनता पार्टी नेता विजय चौथाइवाला लगायतले सामाजिक सञ्जालमार्फत विरोध जनाएका थिए ।

प्रकाशित मिति : ११ श्रावण २०७८, सोमबार  ६ : ११ बजे

कास्कीमा पहिरोमा परी दुई जना गम्भीर घाइते

कास्की– कास्कीको माछापुच्छ्रे गाउँपालिका-१ साँदलमा निर्माणाधीन सुपरसेती जलविद्युत् आयोजनाको पहुँचमार्ग

प्रधानमन्त्री राहत कोषमा ११ अर्बभन्दा बढी संकलन

काठमाडौं– रसुवाका बाढी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम बढ्दै

रुस–युक्रेन युद्ध अन्त्य गर्न अमेरिकाको नयाँ शान्ति प्रयास

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चार वर्षभन्दा लामो समयदेखि जारी

रसुवा बाढीमा हराएका चितवनका ११ जनाको विवरण सार्वजनिक

नारायणगढ– रसुवाको भोटेकोशीमा आएको बाढीपछि चितवन ठेगाना भई हराइरहेकामध्ये हालसम्मका

स्कुटर र मिनी ट्रक ठोक्किँदा एक जनाको मृत्यु

नारायणगढ– चितवनको रत्ननगर नगरपालिका-९ टिकौली जंगलस्थित पूर्व-पश्चिम राजमार्गमा स्कुटर र