सिन्धुलीगढीमा पहिलो युद्ध संग्रहालय स्थापना, राष्ट्रपतिले उद्घाटन गर्दै « Khabarhub

सिन्धुलीगढीमा पहिलो युद्ध संग्रहालय स्थापना, राष्ट्रपतिले उद्घाटन गर्दै


१३ श्रावण २०७८, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिन्धुली– सिन्धुलीको सिन्धुलीगढीमा ऐतिहासिक “सिन्धुलीगढी युद्ध संग्रहालय” स्थापना भएको छ ।

नेपाली सेनाले कमलामाई नगरपालिकासँगको सहकार्यमा ६ करोड ५० लाखको लागतमा संग्रहालयको निर्माण भएको हो ।

कोरोना माहामारीकाबीच निर्माण थालिएको डेढ वर्षपछि आज अर्थात असार १३ गते राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने कार्यक्रम छ ।

२०७६ साल कार्तिक २४ गते तत्कालीन उपप्रधानमन्त्री तथा रक्षा मन्त्रीले “सिन्धुलीगढी युद्व संग्रहालय” को शिलान्यास गरेका थिए ।

सिन्धुलीगढी युद्ध संग्रहालय “वृहत्तर सिन्धुलीगढी गुरु योजना” को महत्वपूर्ण अंश हो ।

यस क्षेत्रको ऐतिहासिक महत्वलाई कायम राख्दै व्यवस्थित र वृहत्तर विकास गर्दै सेनाले पुरातत्त्व विभाग, पर्यटन वोर्ड र कमलामाई नगरलाई यस गुरुयोजना निर्माण गरी हस्तान्तरण समेत गरेको छ ।

जसमा आगामी दिन निर्माण हुने सम्पुर्ण भौतिक संरचना सोही योजनामा आधारित रहेर व्यवस्थित निर्माण हुने अपेक्षा गरिएको छ ।

संग्रहालयको निर्माणले हाम्रो गौरवमय इतिहासमार्फत हाम्रो राष्ट्रिय एकतालाई महत्त्व दिनेछ भने राष्ट्र हितकालागी राष्ट्रियप्रेमी र अनुशासित पुस्ता निर्माण गर्न प्रेरणा पुर्‍याउने अपेक्षा गरिएको छ ।

यो सिन्धुलीगढी युद्व संग्रहालयको निर्माणले देशका लागि बलिदान दिने हाम्रा तत्कालीन वीर, वीराङ्गना महिला, पुरुष, वृद्धवृद्धा तथा बालबालिका सबैलाई राष्ट्रबाट उचित सम्मान भएको छ ।

निकट भविष्यमा यस संग्रहालय अनुसन्धानकर्ता, विद्यार्थी लगायत स्वदेशी र विदेशी पर्यटकहरुको उपयुक्त भ्रमणस्थल बन्ने सक्ने देखिन्छ ।
वि. स १८२४ असोज २५ गते आधुनिक नेपालका प्रेरणा पृथ्वीनारायण शाहको वुद्विमतापुर्ण राजनीतिक सोचका साथै कुशलताका कारण शक्ति सम्पन्न इष्ट ईन्डिया कम्पनिका विशाल फौजको आक्रमणलाई विफल पारेको थियो ।

यस संग्रहालयमा तिनै महत्त्वपूर्ण विषयहरु समावेश गरेर तत्कालीन इष्ट ईन्डिया कम्पनीसग भएको लडाइँको मुख्य घटनाक्रम डकुमेन्ट्री, नक्सा, तत्कालीन समयमा प्रयोग भएको हातहतियार, दस्तावेज , मोडल आदिमा प्रतिविम्ब उजार गरेको छ ।

प्रकाशित मिति : १३ श्रावण २०७८, बुधबार  ७ : ५२ बजे

वैशाख १ देखि ९ गतेसम्म विपद्का १ सय ६३ घटना, १६ जनाको मृत्यु 

काठमाडौं– २०८३ वैशाख १ गतेदेखि ९ गतेसम्म देशभर भएका विभिन्न

तीन अर्ब ९७ करोड ६७ लाख राजस्व संकलन

जनकपुरधाम– यहाँस्थित आन्तरिक राजस्व कार्यालयले चालु आर्थिक वर्षको प्रथम नौ

सबैलाई साथमा लिएर १५औँ महाधिवेशन सफल बनाउँने छाैँ : सभापति थापा

मोरङ– नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको १५औँ महाधिवेशनलाई सफल

सांसदहरूलाई कुटनीतिक राहदानी दिन कानुन परिमार्जन गरिँदै

काठमाठौं– प्रतिनिधिसभा सदस्यहरूलाई कूटनीतिक राहदानी उपलब्ध गराउन विद्यमान कानुन परिमार्जन

भवन बनेको एक वर्षसम्म अलपत्र बेथानचोक आधारभूत अस्पताल

काठमाडौं– काभ्रेको बेथानचोक गाउँपालिका-३ मा निर्माण भएको बेथानचोक आधारभूत अस्पताल