जसपाले आज संसदीय दलको नेता चयन गर्दै | Khabarhub Khabarhub

जसपाले आज संसदीय दलको नेता चयन गर्दै


१६ श्रावण २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जसपाको संसदीय दलको नेता आज चयन हुने भएको छ ।

यसका लागि आज बिहान ११ बजे बैठक बस्न लागेको नेता मोहम्मद इस्तियाक राईले जानकारी दिए । बिहीबार बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले संसदीय दलको नेता चयन गर्नका आज चुनाव गर्ने निर्णय गरेको थियो । यद्यपि सकेसम्म सहमतिका आधारमा नेता छान्ने प्रयास गरिने नेताहरुले बताएका छन् ।

मंगलबारदेखि चलेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले केही नेताहरुको कार्यविभाजन गरेको थियो । जसअनुसार नवराज सुवेदीलाई पार्टीभित्र पर्ने उजुरी छानविन गर्ने समितिको संयोजक बनाइएको छ ।

यस्तै नरसिंह चौधरीलाई लक्ष्मणलाल कर्णको ठाउँमा अनुशासन समितिको संयोजक बनाइएको छ । कर्ण महन्थ ठाकुर पक्षमा लागेपछि उनको ठाउँमा संयोजकको जिम्मेवारी चौधरीलाई दिइएको हो ।

जसपाको यसअघि बसेको बैठकले संसदीय दलको विधान पारित गरिसकेको छ । तर प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्री बन्ने नेताहरुको नामावली माग गर्दा पनि जसपाले पठाउन सकेको छैन ।

मन्त्री छान्न उपेन्द्र यादव, बाबुराम भट्टराई र अशोक राईलाई जिम्मा दिइएको छ । केन्द्रीय कार्यकारिणी समितिका एक नेताका अनुसार उपेन्द्र यादवको नेतृत्वमा नै पार्टी सरकारमा सहभागी हुनेछ ।

प्रकाशित मिति : १६ श्रावण २०७८, शनिबार  ९ : ५५ बजे

उद्योगीलाई किन भू–सामन्त बनाउन खोज्दैछन् दल ?

काठमाडौँ – सामन्ती व्यवस्था अन्त्यका निम्ति भन्दै पटकपटक आन्दोलन र

दार्चुलामा दुई जनामा डेङ्गु सङ्क्रमण

दार्चुला – हिमाली जिल्ला दार्चुलामा दुई जनामा डेङ्गु सङ्क्रमण पुष्टि

कोरिया पठाइदिने भन्दै रु एक करोडभन्दा बढी ठगी गर्ने पक्राउ

काठमाडौं– प्रहरीले वैदेशिक रोजगारका लागि दक्षिण कोरिया पठाइदिने भन्दै रु

चोरीका स्कुटर प्रयोग गरी चोरी र लुटपाट, छ जना पक्राउ

काठमाडौं – काठमाडौं जिल्लाका विभिन्न स्थानबाट चोरिएका स्कुटर प्रयोग गरी

मन्त्री पालको सचिवालयले भन्यो : खगेन्द्रको स्टाटस कपोकल्पित हो

काठमाडाैं – सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री सुरेन्द्र बहादुर पालविरुद्ध