विचारमा अडिग योद्धा हुँ, मैदान छाडेर भाग्ने कुरा हुँदैन : माधव नेपाल « Khabarhub

विचारमा अडिग योद्धा हुँ, मैदान छाडेर भाग्ने कुरा हुँदैन : माधव नेपाल


१६ श्रावण २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले आफू विचारमा अडिग योद्धा रहेको भन्दै मैदान छोडेर नभाग्ने बताएका छन् ।

शनिबार काठमाडौँमा अखिल फोर्सको बृहत भेलालाई सम्बोधन गर्दै नेपालले आफू विचारमा अडिग योद्धा रहेको र कार्यकर्तालाई पनि त्यस्तै बन्न सुझाव दिँदै आफूहरू मैदान छोडेर नभाग्ने बताएका हुन् ।

उनले निरंकुश र स्वेच्छाचारी प्रवृत्तिको विरोध गर्दै मनपरी, बेलगाम, अराजक भएर नेतृत्व नचलोस् भनेर होसियार बनाउन कार्यकर्ताले भूमिका खेल्नुपर्ने उल्लेख गरे । नेता नेपालले आफूले विचारहीन र सिद्धान्तहीन व्यक्तिहरूको भीड तयार गर्न नचाहेको जिकिर गरे ।

नेपालले संविधानलाई कुल्चिने काम गर्नेविरुद्ध आफूहरु चुप लागेर नबस्ने बताए । सर्वोच्च अदालतले गलत काम सच्याइ दिएको स्मरण गर्दै उनले कसैले जालझेल गरेर फेरि प्रधानमन्त्री बन्छु भनेर नलागे हुने सुझाव दिए । पार्टी अध्यक्ष केपी शर्मा ओलीप्रति लक्षित गर्दै उनले अहंकारले मान्छेलाई पतनको बाटोमा डोहोर्‍याउने बताए । उनले अब नेपालमा राजतन्त्र फर्काउने दिवा स्वप्त नदेख्न चेतावनी पनि दिए ।

कार्यक्रममा नेतृ रामकुमारी झाँक्रीले अध्यक्ष ओलीले पद त्याग नगरेसम्म एमाले एकता हुन नसक्ने बताइन् । भेला अघि अखिल फोर्सले काठमाडौँमा बृहत मोटरसाइकल र्‍याली निकालेको थियो ।

प्रकाशित मिति : १६ श्रावण २०७८, शनिबार  ५ : २५ बजे

रातमा झलमल्ल बालकुमारी–बल्खु सडक (तस्बिरहरू)

काठमाडाैं – काठमाडौंको चक्रपथअन्तर्गत ललितपुर महानगरपालिकामा पर्ने बालकुमारी पुलदेखि बल्खुसम्मको

स्वास्थ्य बिमामा यस वर्ष बजेट थप गरिएको छ : अर्थमन्त्री

काठमाडौं – अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सरकारले स्वास्थ्य बिमा कार्यक्रमको

कर्णाली याक्सलाई ‘एभर राइज’को साथ

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने कर्णाली याक्स टोलीका

कैलालीबाट दुई लाख घुससहित विद्यालय व्यवस्थापन समितिका सदस्य पक्राउ

महेन्द्रनगर – अख्तियार दुरुपयोग अनुसन्धान आयोग महेन्द्रनगरको टोलीले आज कैलालीको

बाजुरामा पहिरोले दुई घर बगायो

बाजुरा – जिल्लाको गौमुल गाउँपालिका-३ कटीगाउँमा आज दिउँसो वर्षासँगै आएको