भदौमै महाधिवेशन हुने सभापतिको अभिव्यक्तिले झस्काएको छ : शेखर कोइराला « Khabarhub

भदौमै महाधिवेशन हुने सभापतिको अभिव्यक्तिले झस्काएको छ : शेखर कोइराला


१६ श्रावण २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका केन्द्रीय नेता डा. शेखर कोइरालाले पार्टी सभापति शेरबहादुर देउवाले महाधिवेशनबारे दिएको अभिव्यक्तिले आफूलाई झस्काएको बताएका छन् ।

कांग्रेस सिन्धुपाल्चोकले शनिबार काठमाडौँमा आयोजना गरेको अन्तरक्रियामा बोल्दै नेता कोइरालाले सभापति देउवाको भदौ १६ गते महाधिवेशन उद्घाटन हुन्न भन्ने अभिव्यक्तिले आफूलाई झस्काएको बताएका हुन् ।

उनले सभापति देउवाको अभिव्यक्तिले कतै पार्टीको महाधिवेशन उद्घाटन पनि तरुण दलको महाधिवेशन जस्तो हुने त होइन भन्ने चिन्ता व्यक्त गरे ।

‘तरण दलको महाधिवेशन उद्घाटन भयो, त्यो महाधिवेशनले तीन जना पदाधिकारी मात्र चयन गर्‍यो ।’ डा. कोइरालाले भने, ‘अहिले पदावधी सकिँदा पनि तरुण दलमा तीन जनामात्रै पदाधिकारी छन् । पार्टीको महाधिवेशन पनि त्यस्तै हुने त होइन ?’

पार्टीको विधानमै नभएको पदाधिकारी र पूर्व पदाधिकारी बैठकले कुनै निष्कर्ष निकाल्न नसकेको सन्दर्भ दोहोर्‍याउँदै उनले पार्टीका साझा कार्यकर्तालाई भुलभुलैयामा नराख्न नेतृत्वसँग आग्रह गरे ।

प्रकाशित मिति : १६ श्रावण २०७८, शनिबार  ८ : २७ बजे

रातमा झलमल्ल बालकुमारी–बल्खु सडक (तस्बिरहरू)

काठमाडाैं – काठमाडौंको चक्रपथअन्तर्गत ललितपुर महानगरपालिकामा पर्ने बालकुमारी पुलदेखि बल्खुसम्मको

स्वास्थ्य बिमामा यस वर्ष बजेट थप गरिएको छ : अर्थमन्त्री

काठमाडौं – अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सरकारले स्वास्थ्य बिमा कार्यक्रमको

कर्णाली याक्सलाई ‘एभर राइज’को साथ

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने कर्णाली याक्स टोलीका

कैलालीबाट दुई लाख घुससहित विद्यालय व्यवस्थापन समितिका सदस्य पक्राउ

महेन्द्रनगर – अख्तियार दुरुपयोग अनुसन्धान आयोग महेन्द्रनगरको टोलीले आज कैलालीको

बाजुरामा पहिरोले दुई घर बगायो

बाजुरा – जिल्लाको गौमुल गाउँपालिका-३ कटीगाउँमा आज दिउँसो वर्षासँगै आएको