कर्णालीको ‘पीडा’– कर्मचारी नहुँदा प्रदेश सरकारलाई निमोनिया ! | Khabarhub Khabarhub

कर्णालीको ‘पीडा’– कर्मचारी नहुँदा प्रदेश सरकारलाई निमोनिया !


३० बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


सुर्खेत– कर्णाली प्रदेश सरकारले चालू आर्थिक वर्षका लागि निर्धारण गरेको लक्ष्यअनुसार पूँजीगत खर्च गर्न नसक्ने जनाएको छ ।

संघीय सरकारले कर्मचारी नखटाउँदा पूँजीगत खर्च गर्न नसकिएको कर्णाली सरकारकी प्रवक्ता एवम् भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीको भनाइ छ ।

संरचना निर्माण नहुनु र कर्मचारी अभावले बजेट कार्यान्वयनमा चुनौती आएको प्रवक्ता केसीले बताइन् ।

भौतिक पूर्वाधार विकास मन्त्रालयमा भएको १० अर्ब बजेट पनि प्राविधिक कर्मचारीको अभावले कार्यान्वयनमा आउन नसकेको मन्त्री केसीले सुनाइन् ।

‘सरकार बजेट कार्यान्वयनको विशेष चरणमा आउँदै गर्दा कर्मचारी समायोजन भयो,’ प्रदेश सरकारको मन्त्रिपरिषदले गरेका निर्णय सार्वजनिक गर्दै  मन्त्री केसीले भनिन्, ‘यसले बामे सर्दै उठेर हिँड्ने बेलाको कर्णाली प्रदेश सरकारलाई निमोनिया बनायो ।’

अहिले सामाजिक, कृषि र पर्यटन मन्त्रालयको काम तीव्र गतिमा भइरहेको मन्त्री केसीले दाबी गरिन् । यद्यपि अनुगमन नगर्दा भुक्तानी रोकिएकाले खर्च प्रतिशत भने नदेखिएको उनको तर्क छ ।

प्रकाशित मिति : ३० बैशाख २०७६, सोमबार  १० : ५६ बजे

अमेरिकामा सामूहिक गोलीबारीमा चारको मृत्यु

बर्मिङ्घम – अलाबामाको बर्मिङ्घमस्थित एक लोकप्रिय नाइट लाइफ (रात्रि जीवन)

नेपाल आएका तेलगु स्टार प्रकाश राज छायांकनमा जोडिए

काठमाडौं- दक्षिण भारतीय फिल्म ‘ज्याक’को टोली छायांकनका लागि करिब एक

विश्वकप लिग–२ : क्यानडाविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल

काठमाडौं – विश्वकप लिग–२ मा क्यानडाविरुद्ध नेपालले पहिले ब्याटिङ गर्ने

कांग्रेसले आगामी निर्वाचनमा बहुमत ल्याउने गरी तयारी गर्नुपर्छ : देउवा

काठमाडौं- नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले समावेशी समानुपातिक प्रणालीलाई

दुर्गा प्रसाईलाई तीन दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौं – पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई तीन दिन