विद्यालयलाई ६० थान कम्प्युटर सहयोग « Khabarhub

विद्यालयलाई ६० थान कम्प्युटर सहयोग


१७ श्रावण २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सप्तरी– दक्षजनशक्ति उत्पादनमा सहयोग पु¥याउने उद्देश्यले ‘डिट्रोइट म्याराथुन २०२० र एशोसिएशन अफ नेप्लिइज मिडवेस्ट अमेरिका’ (अन्मा) ले सप्तरी र सिरहाका तीन विद्यालयका लागि आज ६० थान कम्प्युटर, तीन थान प्रिन्टर र तीन थान प्रोजेक्टर प्रदान गरेको छ ।

अन्माले सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–४ कोइलाडीस्थित राजेन्द्रदेवकी माध्यमिक विद्यालय तथा सिरहाको जनता चेथरु जितेन माध्यमिक विद्यालय कविलासी र जनता माध्यमिक विद्यालय सुखिपुरलाई २०÷२० थान कम्प्युटर, १/१ थान प्रिन्टर र प्रोजेक्टर प्रदान गरेको हो ।

विद्यार्थीलाई सूचना प्रविधिमा पहुँच पु¥याइ दक्षजनशक्ति उत्पादनमा सहयोग पु¥याउने उद्देश्यले तीनवटै विद्यालयमा उक्त सामग्री हस्तान्तरण गर्दै कम्प्युटर ल्याबको उद्घाटन गरिएको छ ।

हाल अमेरिका बस्दै आउनुभएका तेह्रथुमका डा ओमप्रसाद दहालले शुरु गरेको अन्माको सहकार्यमा विश्वका विभिन्न देशमा बसोबास गर्दै आएका नेपालीसहितका व्यक्तिको सहयोगमा विद्यालयलाई कम्प्युटर, प्रिन्टर र प्रोजेक्टर प्रदान गरिएको अन्माका प्रतिनिधि कुन्दन शर्मा मिश्रले जानकारी दिए ।

तिलाठी कोइलाडीस्थित विद्यालयमा आयोजित हस्तान्तरण कार्यक्रममा गाउँपालिकाका अध्यक्ष सतिशकुमार सिंह र अन्मा प्रतिनिधि मिश्रले संयुक्त रूपमा कम्प्युटर ल्याबको उद्घाटन गरे । कम्प्युटर ल्याबको स्थापनाले सूचना प्रविधिमा विद्यार्थीको पहुँच पुग्ने अध्यक्ष सिंहले बताए ।

कार्यक्रममा तिलाठी कोइलाडी गाउँपालिकाका कार्यक्रम अधिकृत राजेशकुमार झा, अन्माका प्रतिनिधि ई सुरेन्द्रकुमार साह, नेत्रप्रसाद गुरागाइँ, विद्यालयका प्रधानाध्यापक दीपेन्द्र झासहितकाले कम्प्युटर ल्याबले बालबालिकाको शैक्षिक उन्नयनमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा आन्माका प्रतिनिधिलाई विद्यालयले सम्मान प्रदान गरेको थियो ।

प्रकाशित मिति : १७ श्रावण २०७८, आइतबार  ४ : २९ बजे

आयोगकै कमजोरीले फैलियो नेताहरुमाथि कालोसूचीको हल्ला 

केही दिनदेखि सञ्चार माध्यममा २०७९ सालमा निर्वाचन लडेका हजार बढी

नवौँ एनभीए भलिबल च्याम्पियनसिप: महिलातर्फ एभरेष्ट क्लबको चुली युवा क्लबमाथि जित

काठमाडौं– नवौँ एनभीए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको महिलातर्फको खेलमा

मधेस प्रदेश सरकारको मन्त्रिपरिषद्ले पायो पूर्णता

महेन्द्रनगर– मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन

पर्यटन बोर्डले मनायो २७औँ स्थापना दिवस, नेपाल-आसियान पर्यटन वर्ष २०२६ घोषणा

काठमाडौं– नेपाल पर्यटन बोर्डले आफ्नो २७औँ स्थापना दिवसको अवसरमा ‘नेपाल–आसियान

गाजाको मानवीय अवस्थाप्रति विश्वव्यापी चिन्ता

एजेन्सी– क्यानडा, डेनमार्क, फिनल्याण्ड, फ्रान्स, आइसल्याण्ड, जापान, नर्वे, स्वीडेन, स्विट्जरल्याण्ड