विद्यालयलाई ६० थान कम्प्युटर सहयोग « Khabarhub

विद्यालयलाई ६० थान कम्प्युटर सहयोग


१७ श्रावण २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सप्तरी– दक्षजनशक्ति उत्पादनमा सहयोग पु¥याउने उद्देश्यले ‘डिट्रोइट म्याराथुन २०२० र एशोसिएशन अफ नेप्लिइज मिडवेस्ट अमेरिका’ (अन्मा) ले सप्तरी र सिरहाका तीन विद्यालयका लागि आज ६० थान कम्प्युटर, तीन थान प्रिन्टर र तीन थान प्रोजेक्टर प्रदान गरेको छ ।

अन्माले सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–४ कोइलाडीस्थित राजेन्द्रदेवकी माध्यमिक विद्यालय तथा सिरहाको जनता चेथरु जितेन माध्यमिक विद्यालय कविलासी र जनता माध्यमिक विद्यालय सुखिपुरलाई २०÷२० थान कम्प्युटर, १/१ थान प्रिन्टर र प्रोजेक्टर प्रदान गरेको हो ।

विद्यार्थीलाई सूचना प्रविधिमा पहुँच पु¥याइ दक्षजनशक्ति उत्पादनमा सहयोग पु¥याउने उद्देश्यले तीनवटै विद्यालयमा उक्त सामग्री हस्तान्तरण गर्दै कम्प्युटर ल्याबको उद्घाटन गरिएको छ ।

हाल अमेरिका बस्दै आउनुभएका तेह्रथुमका डा ओमप्रसाद दहालले शुरु गरेको अन्माको सहकार्यमा विश्वका विभिन्न देशमा बसोबास गर्दै आएका नेपालीसहितका व्यक्तिको सहयोगमा विद्यालयलाई कम्प्युटर, प्रिन्टर र प्रोजेक्टर प्रदान गरिएको अन्माका प्रतिनिधि कुन्दन शर्मा मिश्रले जानकारी दिए ।

तिलाठी कोइलाडीस्थित विद्यालयमा आयोजित हस्तान्तरण कार्यक्रममा गाउँपालिकाका अध्यक्ष सतिशकुमार सिंह र अन्मा प्रतिनिधि मिश्रले संयुक्त रूपमा कम्प्युटर ल्याबको उद्घाटन गरे । कम्प्युटर ल्याबको स्थापनाले सूचना प्रविधिमा विद्यार्थीको पहुँच पुग्ने अध्यक्ष सिंहले बताए ।

कार्यक्रममा तिलाठी कोइलाडी गाउँपालिकाका कार्यक्रम अधिकृत राजेशकुमार झा, अन्माका प्रतिनिधि ई सुरेन्द्रकुमार साह, नेत्रप्रसाद गुरागाइँ, विद्यालयका प्रधानाध्यापक दीपेन्द्र झासहितकाले कम्प्युटर ल्याबले बालबालिकाको शैक्षिक उन्नयनमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा आन्माका प्रतिनिधिलाई विद्यालयले सम्मान प्रदान गरेको थियो ।

प्रकाशित मिति : १७ श्रावण २०७८, आइतबार  ४ : २९ बजे

धादिङ, नुवाकोट र रसुवाका बस अब नयाँ बसपार्कबाट मात्रै छुट्ने

काठमाडौं– धादिङ, नुवाकोट र रसुवा चल्ने सार्वजनिक सवारीसाधन अब नयाँ

किसानलाई सहज मल आपूर्ति सुनिश्चित गर्न सरकारलाई समितिको निर्देशन

काठमाडौं– राष्ट्रियसभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिले किसानहरूले

 गर्भवती, प्रसव र सुत्केरीलाई घरदेखि अस्पतालसम्मै छ हिंसा

काठमाडौं- यो कोठा कहाँ पर्छ ? मैले अस्पतालको कर्मचारीलाई सोधेँ ।जवाफ आयो,

हिन्दुकुश हिमालयमा लगातार चौथो वर्ष हिम सञ्चिति न्यूनतम

काठमाडौं- हिन्दुकुश हिमालय क्षेत्रमा हिम आवरण दीर्घकालीन औसतभन्दा २७.८ प्रतिशतले

१०-१५ दिनभित्र काठमाडौंका वास्तविक भूमिहीनलाई बसोबास मिलाउने सरकारको तयारी

काठमाडौं- सरकारले आगामी १० देखि १५ दिनभित्र काठमाडौंका वास्तविक भूमिहीनलाई