निषेधाज्ञा थपिएको थपियै, बजारमा झन बढ्दो चहलपहल  | Khabarhub Khabarhub

निषेधाज्ञा थपिएको थपियै, बजारमा झन बढ्दो चहलपहल 


१८ श्रावण २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नवलपुर– गत वैशाखदेखि जारी गरिएको निषेधाज्ञाले पूर्वी नवलपरासी जिल्लामा निरन्तरता पाइरहेको छ ।

निजी तथा सार्वजनिक सवारी साधनदेखि बजार पूर्ण रुपमा सञ्चालन भई चहलपहल बढिरहे जिल्ला प्रशासन कार्यालय नवलपुरले निषेधाज्ञा जारी गर्न भने छाडेको छैन ।

सोमबार जिल्ला प्रशासन कार्यालय नवलपुरमा बसेको विपद व्यवस्थापन समितिको वैठकले आगामी साउन ३२ गतेसम्म लागू हुने गरी निषेधाज्ञा थप गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी मनमायाँ पंगेनीले बताइन् । पछिल्लो निषेधाज्ञा साउन २१ गते राती १२ बजेसम्म कायम थियो ।

गत वैशाखदेखि निषेधाज्ञा जारी गरिए पनि साउनदेखि भने निषेधाज्ञा खुकुलो पारिएको छ । बजार क्षेत्रमा चहलपहल बढिरहेको छ । निषेधाज्ञा जारी गरिए पनि त्यसको कुनै प्रवाह नभएको गुनासो बढेपछि यस पटकको निषेधाज्ञामा अनुगमन र निगरानीलाई बढाइने प्रजिअ पंगेनीले बताइन् ।

नवलपुरमा निषेधाज्ञा खुकुलो पारेसँगै संक्रमितको संख्या भने बढिरहेको छ । कोरोना बढेको भन्दै प्रशासनलाई निषेधाज्ञा कडा बनाउन दबाब परेको छ भने अर्कोतर्फ ब्यापार ब्यवसाय चौपट भएको भन्दै खुकुलो बनाउनुपर्ने पनि माग रहँदै आएको छ ।

व्यापारी, शिक्षक, विद्यार्थीहरुले थप खुकुलो बनाउनु पर्ने बताउँदै आएका छन् ।

नवलपुरमा सोमबार थप ७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने एक जना संक्रमितको मृत्यु भएको छ । आइतबार ६२ जना संक्रमित भेटिएका थिए ।

सोमबार थपिएका संक्रमित मध्ये कावासोती नगरपालिकामा नै सबैभन्दा बढी छन् ।

कावासोतीमा ३७ जना, गैंडाकोटमा १७, देवचुलीमा ६, मध्यविन्दुमा ६, विनयी त्रिवेणिमा ३ र हुप्सेकोटमा १ जनामा सोमवार संक्रमण पुष्टी भएको जिल्ला स्वास्थ्य कार्यालय नवलपुरले जनाएको छ । योसँगै जिल्लामा सक्रिय संक्रमितको संख्या ८२४ पुगेको छ ।

प्रकाशित मिति : १८ श्रावण २०७८, सोमबार  ९ : ०७ बजे

प्रतिनिधिसभामा विद्यालय शिक्षा विधेयक पेस

काठमाडौं– विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक,

माइतीघरदेखि बानेश्वरसम्म प्याब्सन र एन-प्याब्सनको प्रदर्शन (तस्बिरहरू)

काठमाडौं– आन्दोलनमा रहेका निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन)

रास्वपा नेता कँडेल : प्लस टुदेखि डिग्रीसम्मकै सर्टिफिकेट नक्कली, पाएका थिए ६ महिना जेलसजाय

काठमाडौँ – चितवनको पदमपुरस्थित भीमोदय माध्यमिक विद्यालयमा प्रधानाध्यापक हुँदा देशकै

भारत र चीनले नेपालको भूमि प्रयोग गर्नेगरी भएको व्यापारिक सम्झौता खारेज गर्न माग

काठमाडौं– सांसदहरूले भारत र चीनले नेपालको भूमि भएर गरेको व्यापारिक सम्झौता

परिणाम आउनेगरी जनताको पक्षमा काम गर्न मन्त्री सुडीको निर्देशन

काठमाडौं- महिला, बालिबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले जनतालाई