भारतीय वित्तमन्त्रीले भनिन्- भुटानमा भीम यूपीआईको सुरुवातले द्विपक्षीय सम्बन्धलाई थप बलियो बनाउँछ « Khabarhub

भारतीय वित्तमन्त्रीले भनिन्- भुटानमा भीम यूपीआईको सुरुवातले द्विपक्षीय सम्बन्धलाई थप बलियो बनाउँछ


१८ श्रावण २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली- भारतीय वित्तमन्त्री निर्मला सीतारमणले भुटानमा भीम यूपीआई क्यूआरमा आधारित भुक्तानीको थालनीले दुई छिमेकी राष्ट्रहरूबीचको सहयोगलाई अझ मजबुत बनाउने बताएकी छन् ।

वित्तमन्त्री सीतारमणले वित्त राज्यमन्त्री भागवत के कराड, वित्तीय सेवा सचिव देबाशिष पान्डा र सहसचिव मदेनेश कुमार मिश्रको उपस्थितिमा एक भर्चुअल समारोहमा उनले उक्त सेवाको सुरुवात गरेकी हुन् ।

भर्चुअल कार्यक्रममा भूटानका अर्थमन्त्री लियोन्पो नामगे छिरिङ, भुटानको शाही मौद्रिक प्राधिकरण (आरएमए) का गभर्नर, दशो पेन्जोर, भारतका लागि लागि भुटानी राजदूत जनरल वी नाम्गेल, भुटानका लागि भारतीय रुचिरा कम्बोज पनि उपस्थित थिए ।

भीम यूपीआई एप र रुपे कार्डलाई भुटानी भुक्तानी प्रणालीसँग जोड्नेमा आरएमए, र भारतीय राष्ट्रिय भुक्तानी निगम (एनपीसीआईको प्रयासको सराहना गर्दै वित्तमन्त्री सीतारमणले भनिन्, “मलाई लाग्छ यो एकदम राम्रो उदाहरण हो यसले दुई देशबीच सहयोगलाई अझ सुदृढ बनाउनेछ ।“

यस प्रयासले हरेक वर्ष भुटान भ्रमण गर्ने करिब दुई लाख भारतीयहरुका लागि निकै सहयोगी र लाभदायक हुनेसमेत बताइएको छ ।

यस एपको प्रयोगसँगै युनिफाइड भुक्तान इन्टरफेसको मापदण्डहरू अपनाउने भुटान पहिलो देश बनेको छ । भुटान पनि रुपे कार्ड जारी गर्न र स्वीकार गर्नका साथै भिम यूपीआई स्वीकार गर्ने एक मात्र देश भएको छ ।

यसले महामारीको बेलामा यूपीआई भुक्तानीको एक प्रभावकारी साधनको रूपमा काम गर्ने र डिजिटल भुक्तानीको आवश्यकतालाई पूरा गर्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : १८ श्रावण २०७८, सोमबार  ८ : ४५ बजे

आइसीसी टि२० विश्वकप : भारतद्वारा नेदरल्याण्ड्स १७ रनले पराजित

काठमाडौं – आइसीसी टि२० विश्वकप अर्न्तगत समूह ‘ए’ को अन्तिम

रुकुम-पूर्व पुगेर प्रचण्डले भने : क्रान्तिको आधारभूमिलाई विकासको नमुना बनाउँछौँ

रुकुमपूर्व – नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रुकुमपूर्वको

क्युबामाथि नाकाबन्दी नगर्न अमेरिकालाई मस्कोको आग्रह

मस्को – क्युबामाथि सैन्य नाकाबन्दी नगर्न रूसले अमेरिकालाईरुसी विदेशमन्त्री सर्गेइ

विश्वकपको सुपर आठ समीकरण पूरा, भारत र दक्षिण अफ्रिका एउटै समूहमा

काठमाडौं – भारत र श्रीलंकामा जारी आईसीसी पुरुष टी–२० विश्वकप

शिवम दुवेको विष्फोटक ब्याटिङमा भारतले नेदरल्याण्ड्सलाई दियो १९४ रनको लक्ष्य

काठमाडौं – आइसीसी टि२० विश्वकप अन्तर्गत समूह ‘ए’ को खेलमा