पल्टु रविदास मृत्यु प्रकरण : दुई बुँदे सहमतिपछि आफन्तले शव बुझे « Khabarhub

पल्टु रविदास मृत्यु प्रकरण : दुई बुँदे सहमतिपछि आफन्तले शव बुझे


१९ श्रावण २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– धनुषा प्रहरीको हिरासतमा मृत्यु भएका लक्ष्मीनियाँ गाउँपालका २ सिनुरजोडाका पल्टु रविदासको शव आफन्तले बुझेका छन् । सरकार र परिवारका सदस्यबीच दुई बुँदे सहमतिपछि शव बुझेका हुन् ।

घटनाको पाँच दिनपछि दुई बुँदे सहमति भएको हो । जिल्ला सुरक्षा समितिको बैठकमा सहमति भएपछि परिवारले शव बुझेको धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोलाले बताए ।

उनका अनुसार उच्च स्तरीय छानविन समिति गठन गरी छानविन गरिने र मृतक परिवारलाई राहतको प्रदान गर्ने सहमति भएको छ ।

जिल्ला सुरक्षा समितिको बैठकमा लक्ष्मीनियाँ गाउँपालिकाका अध्यक्ष विन्देश्वर यादवले मृतकको श्रीमतीलाई जागिर दिने प्रतिबद्धता जनाएका छन् । मृतक परिवाले भने संघीय सरकारबाट दश लाख र प्रदेशबाट ५ लाख रकम राहत माग दावी गर्दै आएका थिए ।

प्रदेश प्रहरी प्रमुख (डिआजी) उमेश रञ्जितकारले ड्यूटीमा खटिएका सेन्ट्रीलाई छानविनको लागि निलम्बन गरिएको बताए । धनुषाका प्रहरी नायव उपरीक्षक मकेन्द्र मिश्रलाई प्रदेशमा तानिएको उनले बताए ।

गत साउन १५ गते थुनुवा कक्षको शौचालयमा झुण्डिएको अवस्थामा पल्टु रविदासको शव फेला परेको थियो ।

प्रकाशित मिति : १९ श्रावण २०७८, मंगलबार  ४ : ०४ बजे

न्युजिल्यान्डको सुरुवाती अग्रता उल्टाउँदै समूह ‘जी’ को शीर्षस्थानमा उक्लियो इजिप्ट

काठमाडौँ – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘जी’ को रोमाञ्चक

लुम्बिनी प्रदेशसभा बैठकमा आजदेखि बजेटमाथि छलफल हुने

लुम्बिनी– लुम्बिनी प्रदेशसभा बैठक आज बस्दैछ । आजदेखि आर्थिक वर्ष

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

काठमाडौँ– नेपाली कांग्रेसका पुराना नेता एवं पूर्वमन्त्री राजेन्द्र खरेलको निधन

मधेस प्रदेशमा गहुँ उत्पादनमा कमी

जनकपुरधाम– गहुँ उत्पादनका लागि उर्वर र अग्रणी मानिएको मधेस प्रदेशमा

कोशीटप्पु वन्यजन्तु आरक्ष : पर्यटकको आकर्षण बढ्यो

सुनसरी– कोशीटप्पु वन्यजन्तु आरक्षमा आर्थिक वर्ष २०८२–८३ मा जेठ महिनासम्म