अबको केही समयमै चिनियाँ रेल काठमाडौं आइपुग्ने प्रचण्डको दाबी | Khabarhub Khabarhub

अबको केही समयमै चिनियाँ रेल काठमाडौं आइपुग्ने प्रचण्डको दाबी


३० बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले अबको केही वर्ष भित्रै चिनियाँ रेल काठमाडौं आइपुग्ने बताएका छन् ।

चीनको ल्हासाबाट काठमाडौंमा रेल आउने कुरा अब सपनाको विषय नरहेको प्रचण्डको भनाइ छ ।

राष्ट्रिय विभूति सीता जन्मजयन्तिको अवसरमा सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै प्रचण्डले काठमाडौंमा रेल ल्याउने कामको सुरुवात भइसकेको बताए । साथै उक्त रेल लुम्विनीसम्म लैजाने योजना तय गरिएको पनि बताए ।

चीनको ल्हासा हुँदै काठमाडाैं र काठमाडौंबाट लुम्विनीसम्म रेल संचालन गर्न सके त्यो मुलुकको अर्थतन्त्र र पर्यटन विकासको क्षेत्रमा कोशेढुंगा सावित हुने प्रचण्डको भनाइ छ ।

अध्यक्ष प्रचण्डले लुम्विनी–पशुपति–जनकपुरलाई जोड्ने एउटा सर्किट दशेभित्रै बन्न जरुरी रहेको पनि बताए । नेपाल र भारत दुवै मुलुकमा रहेका शक्तिपीठहरुलाई मिलाएर एउटै शक्तिपीठ सर्किट बनाएर दुवै मुलुकको धार्मिक पर्यटनको क्षेत्रमा क्रान्ति ल्याउने कामलाई अघि बढाइएको प्रचण्डको भनाइ छ ।

‘दुवै मुलुकका जनताको आर्थिक जीवनमा गुणात्मक ढंगले समृद्धि ल्याउने गरी दुवै देशका शक्तिपीठहरुलाई जोडेर एउटै शक्तिपीठ सर्किट बनाउने योजनाका साथ दुवै देशका विद्वानहरुलाई सम्भाव्यता अध्ययन गर्ने कामको जिम्मेवारी दिइएको छ,’ अध्यक्ष प्रचण्डले भने, ‘यसलाई सम्भव बनाउन सके नेपालको धार्मिक पर्यटन क्षेत्रको विकासमा एउटा क्रान्ति नै आउने र दुवै मुलुकका जनताको आर्थिक जीवनमा गुणात्मक ढंगले समृद्धि छाउनेछ ।’

प्रकाशित मिति : ३० बैशाख २०७६, सोमबार  २ : ०८ बजे

हिमाली भूभागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

यस्तो छ शनिबारका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौं– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

मोहम्मद अफताब आलमको उपचारका क्रममा मृत्यु

काठमाडौँ– नेपाली कांग्रेसका पूर्वसांसद मोहम्मद अफताब आलमको मृत्युु भएको छ कात्तिक

आज २०८२ साल कात्तिक २२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८२ साल कात्तिक २२ गते शनिबार। मंसिर

हङकङ सिक्सेस: नेपाल दक्षिण अफ्रिकासँग भिड्दै

काठमाडौं – हङकङ इन्टरनेसनल सिक्सेस क्रिकेट प्रतियोगिताअन्तर्गत आफ्नो दोस्रो खेलमा