वाग्मती प्रदेश सरकारद्वारा दुई अध्यादेश स्वीकृत | Khabarhub Khabarhub

वाग्मती प्रदेश सरकारद्वारा दुई अध्यादेश स्वीकृत


१९ श्रावण २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- वाग्मती प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद् बैठकले प्रदेश निजामती कर्मचारीको पदस्थापन, सरुवा तथा काज सम्बन्धमा पहिलो सम्बोधन गर्न बनेको विधेयक २०७८ र प्रदेश नीति तथा योजना आयोग (गठन र कार्य सञ्चालन) चौथो संशोधन २०७८ को अध्यादेश स्वीकृत गरेको छ ।

मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा बसेको बैठकले काठमाडौँको कीर्तिपुर नगरपालिका र चीनको हुवेयी प्रान्तस्थित हुवाङगाङ सहरबीच भगेनी सम्बन्ध स्थापित गर्न सङ्घीय सरकारलाई सिफारिस गर्ने निर्णय गरेको भौतिक पूर्वाधार तथा विकासमन्त्री रामेश्वर फुयालले बताए ।

सो बैठकले बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गत चालू आव २०७८/७९ भित्र २८३ अस्थायी दरबन्दीको कर्मचारीको पदस्थापना गर्न स्वीकृत प्रदान गरेको छ ।

प्रकाशित मिति : १९ श्रावण २०७८, मंगलबार  ८ : ३५ बजे

दिल्ली कार विस्फोटः सबै सिसी क्यामेरा जाँच गर्न आदेश

नयाँदिल्ली – भारत सरकारका संघीय गृहमन्त्री अमित शाहले सोमबार साँझ

महागुरु फाल्गुनन्दको १४१ औँ जयन्ती मनाइँदै

काठमाडौं – किरात धर्मावलम्बीका महागुरु फाल्गुनन्दको १४१औँ जन्मजयन्ती आज विविध

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल कात्तिक २५ गते मंगलबार। मंसिर

आज २०८२ साल कात्तिक २५ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल कात्तिक २५ गते मंगलबार। मंसिर