एक्स ब्याइफ्रेन्डसँग भेट भएपछि फिल्म छोडेर हिँडिन् सारा | Khabarhub Khabarhub

एक्स ब्याइफ्रेन्डसँग भेट भएपछि फिल्म छोडेर हिँडिन् सारा


३० बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – बलिउड कलाकार सारा अली खान हालै अनन्या पाण्डेको डेब्यु फिल्म ‘स्टुडेन्ट अफ द इयर २’ हेर्न हलमा पुगेकी थिइन् । तर स्क्रिनिङको समयमा यस्तो भयो कि, जसकारण साराले अनन्यालाई बाइ भनेर त्यहाँबाट बिदा भइन् । फिल्म हेर्न हल पुग्दा त्यहाँ साराको भेट उनका भूतपूर्व ब्याइफ्रेन्डसँग भयो ।

भारतीय समाचारका अनुसार सारालाई यो पनि थाहा थियो कि, अनन्या पाण्डेको गेस्ट लिस्टमा को को थिए, उनलाई यो पनि थाहा थियो, उनको एक्स ब्याइफ्रेन्ड वीर पहारियासँग पनि भेट हुनेवाला थियो । सारा इभेन्टमा त आइन् तर केही समयमै त्यहाँबाट हिँडिन् ।

वीर पहारिया, पूर्व गृहमन्त्री सुशील कुमार सिन्देका नाति हुन् । वीरसँग डेटिङको खबर आएपछि साराले एक अन्तर्वार्तामा आफूहरू केही समय सम्बन्धमा रहेको स्वीकारेकी थिइन् ।

पछि साराले ब्रेकअपपछि खासै फरक नपरेको तर यो सम्बन्ध जोडिन नसकिएको बताएकी थिइन् । जब ‘स्टुडेन्ट अफ द इयर २’ को स्क्रिनिङमा साराको भेट वीरसँग भयो, यी दुईले हाइ हेलो त गरे तर सारा त्यहाँ धेरै बेरसम्म रोकिन सकिनन् ।

पछिल्लो समय साराको नाम कार्तिक आर्यनसँग जोडिएर आएको छ । पछिल्लो समय यी दुईले फिल्म ‘लभ आजकल २’ मा एकसाथ काम गरिरहेका छन् ।

प्रकाशित मिति : ३० बैशाख २०७६, सोमबार  ३ : १० बजे

हेरचाह कार्य पेशा मात्र नभएर मानवीयता होः परराष्ट्रमन्त्री देउवा

काठमाडौं – परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले हेरचाह कार्य (केयर

निर्वाचन सुरक्षामा ध्यान दिन मनाङ सीडीओ पौडेलको निर्देशन

मनाङ– प्रमुख जिल्ला अधिकारी (सीडीओ) नवराज पौडेलले आसन्न निर्वाचनको सुरक्षा

सात वर्ष पुरानो विवाद : कार्डी बी निर्दोष साबित

काठमाडौं – हलिउडकी पप आइकन कार्डी बी सात वर्षदेखि तानिएको

बागलुङका किसानले गराए ७०५ पशुको बिमा

गलकोट– दुग्ध उत्पादक सहकारी संस्थामा आबद्ध किसानका ७०५ पशुको बिमा

बत्तीस लाखमा आधारभूत स्वास्थ्य केन्द्रको भवन निर्माण

दमौली– भिमाद नगरपालिका–१ डुम्रीबेँसीमा ३२ लाख ४५ हजारको लागतमा चारकोठे