बन्द झोला र विद्यार्थीको भेट कहिले ? | Khabarhub Khabarhub

बन्द झोला र विद्यार्थीको भेट कहिले ?


२१ श्रावण २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जाजरकोट– कोभिड–१९ को असर देखिनेबित्तिकै विद्यालय बन्द भएका छन् । विद्यालय बन्द भएसँगै दुर्गमका विद्यार्थीको पाठ्यपुस्तकसमेत झोलामै बन्द छन् । विद्यार्थी घरायसी काममा व्यस्त हुँदा पाठ्यपुस्तक राखेको झोलासँग अझैं भेटघाट हुन सकेको छैन् ।

बारेकोट गाउँपालिका–५ की रमिता सिंह अहिले बारेकोटकै पाटन क्षेत्रमा पशुचौपायको हेरालुका रूपमा दैनिक काम गरिरहेका छन् । उनलाई पढाइभन्दा पशुचौपायाको माया बढी लागिरहेको छ । हातमा मोबाइल लिएर दैनिक भिडियो हेर्दै पशुचौपायाको हेरालुको जिन्दगीबाट उहाँले मुक्ति पाउन सकेको छैन् ।

घरका अभिभावक जङ्गलमा पाइने विभिन्न जडीबुटी सङ्कलन गर्न व्यस्त छन् । भाइ, बहिनीलाई दैनिक खाना, पशुचौपायाको स्याहारदेखि गोठको सुरक्षासम्मका कामले उनको दिन बितिरहेको छ ।

अभिभावक गोठमा आएको दिन सिंहलाई नायकबाडास्थित घरमा पठाएर आवश्यक खाद्यान्न ढुनानी गर्नुपर्ने अर्को जिम्मेवारी पनि आइलाग्दै आएको छ । सिंहले भने, “किताब राखेको झोला र मेरो भेट नभएको धेरै महिना भइसक्यो, घरको कामले गर्दा किताब हेर्ने फुर्सद नै छैन । विद्यालय खुलेका पनि छैनन् । बिद्यालयमा पास गराए कि फेल गराए, त्यो पनि थाहा छैन ।”

उनीजस्तै अर्की जुनकुमारी सिंह पनि चौथारी लेकमा छन् । उनलाई गोठको सुरक्षादेखि पशुचौपायकै चिन्ता छ ।

विद्यालय सञ्चालन भए/नभएको बारेमा जानकारीसम्म उनलाई छैन । पाटन क्षेत्रमा फोन नलाग्ने भएकाले बारेकोटको बोटो हुँदै जुम्ला जाने सर्वसाधारण उनको गोठमा बास माग्दै आएर बसेको पाहुनाले दिएको जानकारी नै उनका लागि नयाँ सन्देश हुन्छ ।

दैनिक वर्षे झरी, जुकाको टोकाइ, गाईभैँसी, घोडाको हेरालुको कामले गर्दा अरु कुरा सोच्ने जुनकुमारीलाई फुर्सद छैन । उमेरले मात्र १४ वर्षकी उनको काँधमा घरको सबै काम गर्नुपर्ने बाध्यता छ ।

पाटन क्षेत्रमा भारी मात्रामा फुलेका फूलहरुसँग रम्दै, जङ्गलबाट सङ्कलन गरी ल्याइएका निगालोको टुसा र अन्य जडीबुटी, च्याउ खाँदै जुनकुमारीको भविष्य कत्ता जाँदैछ, उनलाई अत्तोपत्तो छैन ।

उनकै उमेरका विद्यार्थी इन्टरनेटको माध्यमले दैनिक नयाँ–नयाँ कुरा पढिरहेका छन् । देश, विदेशका घटनाका विषयमा छलफल, जानकार छन् ।

तर पाटन क्षेत्रमा रहेका विद्यार्थी कुनै सूचना, जानकारी र शिक्षा लिन पाएका छैनन् । पशुचौपायको स्याहार नै उनीहरुको मुख्य शिक्षा आर्जन गर्ने थलो बन्दै छ ।

अर्थावस्था कमजोर हुनुका साथै दुर्गम भएकै कारण यहाँका विद्यार्थी चाहेर पनि केही गर्न सक्ने अवस्था नरहेको वीरेन्द्र हिमालय माध्यमिक विद्यालयका प्रधानाध्यापक गोरखहादुर सिंहले बताए ।

सिंह आफैँ पनि इन्टरनेट चलाउने र मन लागेमा विद्यालय तथा गाउँपालिकाको केन्द्र लिम्सासम्म पुग्ने गरेका छन् ।

बारेकोटलगायत दुर्गमका विद्यार्थीको परीक्षा फारमदेखि अन्य काम कसले गरिदिन्छ भन्ने स्वयं विद्यार्थीलाई नै थाहा हुँदैन । त्यस्तै डोल्पाका अधिकांश विद्यार्थीको हालत पनि त्यस्तै रहेको छ । चिसो मौसममा विद्यालय बन्द गर्नुपर्ने र गर्मी मौसममा विद्यालय सञ्चालन गरेर पढाइलाई निरन्तरता दिनुपर्ने बाध्यता डोल्पामा रहेको छ ।

अहिले कोभिडका कारण विद्यालय बन्द हुँदा कुनै समय पनि विद्यार्थीले पढ्न पाएका छैनन् । गाउँमा हुने विकास निर्माणको काममा मजदुरका रूपमा विद्यार्थी काम गर्न बाध्य भएको त्रिपुरासुन्दरी नगरपालिका लिकुका रामबहादुर पहाडीले बताए ।

विद्यालय बन्द छन्, सरहरु कहाँ हुनुहुन्छ थाहा छैन उनले भने । आर्थिकरूपमा सवल भएको परिवारका विद्यार्थी ठूला शहरमा गएर विभिन्न माध्यमबाट शिक्षा लिए पनि गाउँमा रहेका विद्यार्थीको अवस्था बिजोग बन्दै गएको छ ।

कोरोनाविरुद्धको खोप शिक्षकलाई लगाउन शुरु गरे पनि विद्यार्थीलाई लगाएको छैन । शिक्षकलाई लगाएको खोपले विद्यार्थीहरु कसरी सुरक्षित हुन्छन् ? रुकुम पश्चिम आठबीसकोट नगरपालिका राडीका कालीबहादुर बटालाले भने ।

हामीले हाम्रो छोराछोरीलाई विद्यालय पठाउँदा कसरी पठाउने ? उनले प्रश्न गरे । शिक्षक मात्र बाँचेर विद्यार्थीहरु मरुन भन्ने नीति लिएको हो कि जस्तो लाग्छ उनले आक्रोशित हुँदै थपे । केही विद्यार्थीहरु घर छाडेर भारतसमेत पुगिसकेको पाइएको छ । दशैँ, तिहारमा घर फर्कने गरी भारत पुगेको सामाजिक सञ्जालमा सार्वजानिक गरिएका सन्देशबाट थाहा हुँदै आएको छ ।

हाम्रो जीवनशैली र जीवनस्तर बदल्नका लागि आर्थिकरूपमा सवल भएमा मात्र हरेक प्राविधिसँग नजिक हुन सकिन्छ । बिहान र बेलुकी के खाने, के लगाउने भन्ने चिन्ताले रुमलिने हाम्रो परिवेशबाट हुर्केको जीवनशैलीबाट संसार थाहा पाउने सपना पूरा गर्न राज्यले ठूलो लगानी गर्नुपर्ने जानकारहरु बताउँछन् । रासस

प्रकाशित मिति : २१ श्रावण २०७८, बिहीबार  ३ : ०० बजे

स्वास्थ्य संस्था कानुनअनुसार सञ्चालन गर्न मन्त्रालयको निर्देशन

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नियम विपरीत स्वास्थ्य सेवा सञ्चालन

आँबुखैरेनीमा ‘नमुना युवा संसद्’अभ्यास सुरु

दमौली– तनहुँको आँबुखैरेनी गाउँपालिकामा नमुना युवा संसद् अभ्यास तथा नमूना

भारतमा लोकसभा निर्वाचन अवलोकन गर्न २३ देशका प्रतिनिधि उपस्थित

नयाँ दिल्ली– भारतको निर्वाचन आयोगले २३ देशका ‘निर्वाचन व्यवस्थापन निकाय’हरू

मधेस प्रदेशमा आगलागीबाट ४६ करोडको क्षति

जनकपुरधाम– मधेस प्रदेशका विभिन्न जिल्लामा आगलागीबाट विगत १० महिनामा रु

राजदरबार संग्रहालय हेर्ने अधिकांशको प्रश्न- राजारानीको हत्या गरेको ठाउँ खै?

काठमाडौं- दाङका ८५ वर्षीय मानबहादुर बुढाथोकी अत्यन्त हर्षित देखिए ।