नेपालगन्ज पुर्‍याइदिन्छौँ भनेर मुख्यमन्त्री कार्यालयमा सांसद बन्धक ! | Khabarhub Khabarhub

नेपालगन्ज पुर्‍याइदिन्छौँ भनेर मुख्यमन्त्री कार्यालयमा सांसद बन्धक !


२१ श्रावण २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बुटवल– लुम्बिनी प्रदेश सदस्य विमला कुमारी खत्रीले नेकपा एमालेका नेताहरूले आफूलाई नेपालगञ्ज पुर्‍याइदिन्छौँ भनेर दाङबाट फर्काएर मुख्यमन्त्रीको कार्यालयमा बन्धक बनाएको आरोप लगाएकी छन् ।

बिहीबार नेकपा माओवादी केन्द्र, लुम्बिनी प्रदेश संसदीय दलको कार्यालयमा पत्रकार सम्मेलन गरी आफूलाई नेकपा एमालेका प्रमुख सचेतक भूमिश्वर ढकालले मुख्यमन्त्री कार्यालय, बुटवल पुर्‍याएको बताइन् ।

उनले साउन १५ गते एमालेका प्रमुख सचेतक ढकाल र अर्का नेता मानबहादुर राउत तुलसीपुरस्थित आफ्नो घरमा पुगेको र पार्टी प्रवेश गर्न दबाब दिएको बताइन् ।

उनले आफूले पार्टी प्रवेश नगर्ने अडान लिएको र उपचारका लागि नेपालगञ्ज जान लागेको भनेपछि प्रमुख सचेतक ढकालले ‘हामी पनि नेपालगञ्ज जाने हो, सँगै जाऔँ’ भनेको बताइन् ।

खत्रीका अनुसार उनी नेताहरूको विश्वासमा उनीहरूको गाडीमा चढिन् । तुलसीपुरबाट अमिलिया पुगेपछि नेपालगञ्जतिर जानुपर्नेमा गाडी बुटवलतिर मोडियो । उनले भनिन्, ‘मैले यसो किन गर्नुभयो भनेर लगातार प्रतिवाद गरिरहेँ, उहाँहरूले एक पटक मुख्यमन्त्रीलाई भेट्नुपर्‍यो भनेर गाडी नरोकी एकैपटक मुख्यमन्त्री निवासमा पुर्‍याउनुभयो ।

बुटवलमा ल्याएर आफूलाई नेकपा एमालेमा प्रवेश गर्न दबाब दिएको उनले बताइन् । पार्टी प्रवेश गर्न इन्कार गरेपछि माइन्युट र प्रेस विज्ञप्ति पढ्न नदिई धम्क्याएर जबर्जस्ती हस्ताक्षर गराएको खत्रीले बताइन् ।

साउन १५, १६, १७ र १८ गतेसम्म मुख्यमन्त्री निवासबाट बाहिर निस्कनै नदिई दबाब दिएर राखेको उनको भनाइ छ ।

खत्रीले बिहीबार घटनाबारे विज्ञप्ति जारी गरेकी छन् । नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक तुलाराम घर्तीले पत्रकार सम्मेलनमा उक्त प्रेस विज्ञप्ति पढ्दै खत्रीलाई पाँच दिनसम्म मुख्यमन्त्री कार्यालयमा बन्धक बनाएर नेकपा एमालेमा प्रवेश गर्न दबाब दिएको बताए । उनले साउन २० गते दिउँसो शौचालायको चप्पल लगाएर खत्री त्यहाँबाट भाग्न सफल भएको बताए ।

सांसद खत्रीले आफूले स्वेच्छाले नेकपा मआवादी केन्द्र रोजेको बताइन् । विभिन्न समयमा एमाले प्रवेश गर्न दबाब आए पनि आफू माओवादी केन्द्रमै उनको भनाइ छ । यस घटनाबाट आफूलाई गम्भीर शिक्षा प्राप्त भएको परिपक्व बनाएको बताइन् ।

विपक्षी गठबन्धबाट मुख्यमन्त्री शंकर पोखरेल विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी हुँदै गर्दा यही साउन १५ गते शुक्रबारदेखि सांसद खत्री नेकपा माओवादी केन्द्रका नेताहरूबाट सम्पर्कविहीन थिइन् ।

खत्री तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बाट २०७६ साल मंसिर १४ गतेको उपनिर्वाचनमा दाङ क्षेत्र नं. ३ ‘ख’ बाट प्रदेशसभा सदस्य पदमा निर्वाचित भएकी थिइन् । पार्टी फुटेपछि उनले गत वैशाख १९ गते नेकपा माआवादी केन्द्र रोजेकी थिइन् ।

साउन १५ गते एकाएक सांसद खत्री सम्पर्कविहीन भएको खबर आयो । उनी उपचारका लागि नेपालगञ्जमा रहेको र केही दिनमा पार्टीको सम्पर्कमा आउने भन्ने समाचार पनि आयो । यसपछि खत्री नेकपा एमालेमा रहेको भन्ने प्रेस विज्ञप्ति आएको थियो ।

यस्तो विज्ञप्ति आएपछि माओवादी केन्द्रका नेताहरूले आफ्नो सांसदलाई सत्तापक्ष नेकपा एमालेले अपहरण गरेर जबर्जस्ती विज्ञप्ति निकाल्न लगाएको आरोप लगाएका थिए ।

प्रेस विज्ञप्ति हेर्नुहोस्

प्रकाशित मिति : २१ श्रावण २०७८, बिहीबार  ३ : ५७ बजे

इलाम–२ मा सुहाङले कटाए ४ हजार मत, चुलाचुलीको गणना सुरु

इलाम – इलाम २ मा आइतबार सम्पन्न उपनिर्वाचनको मतगणना जारी

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास

काठमाडौं । मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको प्रवेश व्यवस्थापनलाई सहज

बझाङमा दुई पालिकाको मतगणना सकियो, कसको कति ?

बझाङ – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार

काठमाडौं- गृह मन्त्रालयले विद्यार्थी बोक्ने सवारी साधनको गति निर्धारणका लागि

आगलागी र डढेलो नियन्त्रणमा गम्भीर बन्न सरकारलाई आग्रह

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले देशभरि फैलिएको आगलागी