अमेरिका र ओमानसँगको त्रिकोणात्मक सिरिजका लागि नेपाली टोली बन्द प्रशिक्षणमा « Khabarhub

अमेरिका र ओमानसँगको त्रिकोणात्मक सिरिजका लागि नेपाली टोली बन्द प्रशिक्षणमा


२१ श्रावण २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आइसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपाल, अमेरिका र ओमानविरुद्धको एक दिवसीय त्रिकोणात्मक सिरिजका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीले बिहीबारदेखि बन्द प्रशिक्षण शुरु गरेको छ ।

आगामी सेप्टेम्बरमा ओमानमा हुने उक्त सिरिजका लागि नेपाल क्रिकेट सङ्घ (क्यान)ले बन्द प्रशिक्षणमा १९ खेलाडीलाई बोलाएको छ । टोलीको प्रशिक्षण कीर्तिपुरस्थित त्रिवि मैदानमा शुरु भएको क्यानले हो ।

क्यानले बोलाएका १९ खेलाडीमध्ये गुलशन झा पहिलो पटक समावेश भएका हुन् । नेपाल पुलिस क्लबका खेलाडी गुलशनले मेयर्स कप क्रिकेटमा उत्कृष्ट प्रदर्शन गरेका थिए । लिग–२ मा नेपालले अहिलेसम्म चार खेल खेलेको छ । त्यसमा नेपालले दुई खेलमा जित तथा दुई खेलमा हार व्यहोरेको छ । नेपाल चार अङ्क जोड्दै छैटौं स्थानमा छ । त्यसैगरी १० खेल खेलेको ओमान १६ अङ्कका साथ लिगको शीर्ष स्थानमा छ । १२ खेलमा १२ अङ्क बटुलेको अमेरिका दोस्रो स्थानमा छ ।

बन्द प्रशिक्षणमा ज्ञानेन्द्र मल्ल, कुशल भुर्तेल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, आशिफ शेख, कुशल मल्ल, विनोद भण्डारी, करण केसी, सन्दीप लामिछाने, सोमपाल कामीलगायत छन् । त्यसैगरी कमलसिंह ऐरी, अविनाश बोहरा, शाहब आलम, सुशन भारी, शरद भेषवाकर, विक्रम सोब, पवन सर्राफ र रोहितकुमार पौडेल पनि बन्द प्रशिक्षणमा छन् ।

प्रकाशित मिति : २१ श्रावण २०७८, बिहीबार  ५ : ४३ बजे

मित्रराष्ट्रसँगको सु-सम्बन्धमा विरोध हुने फिल्मलाई प्रदर्शन अनुमति नदिइने

काठमाडौँ । सरकारले नेपालको सुरक्षा, शान्ति र व्यवस्था, मित्रराष्ट्रसँगको सु-सम्बन्धमा

अभिनेत्री केकी अधिकारी भन्छिन् – स्टन्टले देश बन्दैन

काठमाडौं । अभिनेत्री केकी अधिकारीले स्टन्टले देश नबन्ने बताएकी छन्

शंकास्पद पार्किङ गरिएका १४ वटा सवारी साधन कारबाहीमा

काठमाडौँ । सार्वजनिक सडकमा जथाभावी तथा शंकास्पद रूपमा पार्किङ गरिएका

बाढीले निर्माणाधीन माथिल्लो मोदी ‘ए’ जलविद्युत् आयोजनामा क्षति

गण्डकी – कास्कीको अन्नपूर्ण गाउँपालिका ११ स्थित किम्रुङ खोलामा आएको

११ महिनामा २१ खर्ब २० अर्ब रेमिट्यान्स भित्रियो

काठमाडौं – चालु आर्थिक वर्ष २०८२/८३ को ११ महिनामा विप्रेषण