प्राचीन बौद्ध धर्मग्रन्थ देखाए १३ लाख ७९ हजार ठगी गर्ने दुई जना पक्राउ « Khabarhub

प्राचीन बौद्ध धर्मग्रन्थ देखाए १३ लाख ७९ हजार ठगी गर्ने दुई जना पक्राउ


२२ श्रावण २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बौद्ध धर्मको प्राचीन पुरातात्विक बहुमुल्य ग्रन्थ देखाएर ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

पुरातात्विक बौद्ध ग्रन्थ ३ करोड ८५ लाख रुपैयाँमा बिक्री गर्ने भनी बहाना बनाएर १३ लाख ७९ हजार रुपैयाँ ठगी गरेको आरोपमा महानगरीय अपराध महाशाखाको टोलीले दुई जनालाई पक्राउ गरेको हो।

धर्म ग्रन्थका नाममा प्रलोभनमा पारी नगद ठगी गर्ने समूहको खोजतलास गर्ने क्रममा नुवाकोट शिवपुरी गाउँपालिका–१ घर भई काठमाडौं कलबारी बस्ने २० वर्षीय आशिष लामा तामाङ र भोजपुर रामप्रसाद गाउँपालिका–७ घर भई चाबहिल बस्ने ३० वर्षीय रजिन राईलाई पक्राउ गरिएको महाशाखाले जनाएको छ।

उनीहरुले साउन १४ गते उदयपुर चौदण्डिगढी नगरपालिका–८ घर भई गोकर्णेश्वर नगरपालिका–८ आरुबारी बस्ने हेम प्रकाश मगरबाट उक्त रकम ठगी गरेको महाशाखाले जनाएको छ। उनीहरुलाई अनुसन्धान तथा कारबाहीको लागि महानगरीय प्रहरी परिसर टेकु पठाइएको महाशाखाले जनाएको छ।

प्रकाशित मिति : २२ श्रावण २०७८, शुक्रबार  ४ : १५ बजे

अनेरास्ववियूको अभियान निरन्तर, रसुवाका बाढीपीडितलाई पुर्‍यायो राहत

रसुवा– अनेरास्ववियूले बाढीपहिरोबाट प्रभावित नागरिकलाई लक्षित गर्दै सञ्चालन गर्दै आएको

यो साता नेप्से : १२ अर्ब ८१ करोड बढीको कारोबार, बीमा र लघुवित्त समूहमा भोटेकोशी बाढीको असर

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा साताको पहिलो कारोबार दिन

राष्ट्रपतिले गरे पाटन कृष्ण मन्दिरको दर्शन (तस्बिरहरू)

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेल ललितपुरको पाटनस्थित कृष्ण मन्दिर पुगेर दर्शन गरेका

फेस्टिभलमा चर्चा कमाएको फिल्मको व्यापार सधैँ कमजोर, के गर्ला ‘तिनीहरू’ले ?

काठमाडौं – शुक्रबारबाट प्रदर्शनमा आएको ‘तिनीहरू : एलिफेन्ट इन फग’को

फकल्यान्डमा बेलायतको अडान कायमै

लण्डन- अर्जेन्टिनाका राष्ट्रपति जेभियर माइलेले फकल्यान्ड टापुमाथि आफ्नो देशको दाबी