बालाजुको नेविको विस्कुट उद्योगमा ८ घण्टादेखि आगलागी, नियन्त्रणमा हेलिकप्टर पनि परिचालन « Khabarhub

बालाजुको नेविको विस्कुट उद्योगमा ८ घण्टादेखि आगलागी, नियन्त्रणमा हेलिकप्टर पनि परिचालन


२३ श्रावण २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- बालाजु औद्योगिक क्षेत्रको नेविको विस्कुट उद्योगमा ‘भीषण’ आगलागी भएको छ ।

काठमाडौँ महानगरपालिका–१६ मा पर्ने औद्योगिक क्षेत्रमा रहेको विस्कुट उद्योगमा बिहान २ बजेदेखि लागेको आगो निभाउने प्रयास भइरहेको छ ।

आगो नियन्त्रणमा हेलिकप्टरसहित ८ दमकल, २ दर्जन पानी ट्यांकर, स्थानीयबासी र सुरक्षाकर्मीको सहयोगमा आगलागी नियन्त्रणको प्रयास भइरहे पनि नियन्त्रणमा नआएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले जानकारी दिए ।

क्षेत्रफल ठूलो भएकाले चारैतिरबाट आगो निभाउने प्रयास भइरहेको प्रहरीको भनाइ छ । आगलागी के कारणले भयो भन्नेबारेमा अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति : २३ श्रावण २०७८, शनिबार  ९ : १० बजे

प्रदीप पौडेलले महामन्त्रीमा उम्मेदवारी दिने

काठमाडौं– नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ

धरानबाट करिब १ सय ८० किलो गाँजा बरामद

सुनसरी– धरान उपमहानगरपालिका-६ पानबारी चोकटीबाट बेवारिसे अवस्थामा रहेको गाँजा करिब १ सय

२५ वर्षपछि सुन्धाराको निकास खुल्यो, प्राचीन स्वरूपमा पुनरुत्थान गर्ने वडाको योजना

काठमाडौं– पाशुपत क्षेत्रअन्तर्गत जयबागेश्वरी मन्दिरसँगै रहेको ऐतिहासिक सुन्धाराको बन्द पानी

अमरेशको दाबी : बालेन, कुलमान र रवि एक ठाउँमा आउँछन्

काठमाडौं- पूर्वसांसद डा. अमरेशकुमार सिंहले रवि लामिछाने बालेन्द्र साह र