कक्षा १२ को परीक्षाबारे बोर्डले आज निर्णय दिँदै « Khabarhub

कक्षा १२ को परीक्षाबारे बोर्डले आज निर्णय दिँदै


२३ श्रावण २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- स्वास्थ्य मन्त्रालयले सबै परीक्षा स्थगित गर्न सिफारिस गरेसँगै परीक्षार्थी अन्योलमा परेका छन् ।

आगामी परीक्षाको तयारीमा बसेका परीक्षार्थीहरु अब परीक्षा होला या नहोला भन्ने अन्योलमा परिरहँदा राष्ट्रिय परीक्षा बोर्डले यसबारे आज निर्णय दिने भएको छ ।

कोरोना सङ्क्रमण बढ्दै गएकाले कक्षा १२ सहितका अरु परीक्षा रोक्न मन्त्रालयले शुक्रबार सिफारिस गरेपछि आवश्यक निर्णय गर्न आज ११ बजे परीक्षा बोर्डको बैठक बस्न लागेको हो ।

कक्षा १२ को परीक्षा आउँदो ३१ गते शुरू हुँदैछ ।  कक्षा १२ को परीक्षामा करिव चार लाख विद्यार्थी सहभागी हुँदैछन् । यसअघि गत जेठ २६ गतेका लागि तय भएको परीक्षा पनि बोर्डले स्थगित गरेको थियो ।

 

प्रकाशित मिति : २३ श्रावण २०७८, शनिबार  १० : १० बजे

प्रदीप पौडेलले महामन्त्रीमा उम्मेदवारी दिने

काठमाडौं– नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ

धरानबाट करिब १ सय ८० किलो गाँजा बरामद

सुनसरी– धरान उपमहानगरपालिका-६ पानबारी चोकटीबाट बेवारिसे अवस्थामा रहेको गाँजा करिब १ सय

२५ वर्षपछि सुन्धाराको निकास खुल्यो, प्राचीन स्वरूपमा पुनरुत्थान गर्ने वडाको योजना

काठमाडौं– पाशुपत क्षेत्रअन्तर्गत जयबागेश्वरी मन्दिरसँगै रहेको ऐतिहासिक सुन्धाराको बन्द पानी

अमरेशको दाबी : बालेन, कुलमान र रवि एक ठाउँमा आउँछन्

काठमाडौं- पूर्वसांसद डा. अमरेशकुमार सिंहले रवि लामिछाने बालेन्द्र साह र