खसीको भन्दै बाख्राको मासु बेचेको आरोपमा ४ जना पक्राउ « Khabarhub

खसीको भन्दै बाख्राको मासु बेचेको आरोपमा ४ जना पक्राउ


२३ श्रावण २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– खसीको भन्दै बाख्राको मासु बेचेको अरोपमा प्रहरीले काठमाडौँको कलंकी स्थित खसी बजारबाट ४ जनालाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा भारत बिहार घर भई कलंकी खसी बजार बस्ने ६७ वर्षीय गुलाम रसोल क्रोसिल, २५ वर्षीय जविर क्रोसिल, २१ वर्षीय जाविर क्रोसिल र ५० वर्षीय मटान पुरेसी छन् ।

महानगरी प्रहरी परिसर काठमाडौंका प्रवक्त एसपी रमेश बस्नेतका अनुसार शनिबार बिहान ५ बजे खसी बजारमा जिउँदो खसी बेच्ने पसलमा बाख्रीको पहिचान खुल्ने अंगहरू लुकाएर मासु बेच्दै गरेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको हो ।

प्रहरीले बिक्रीका लागि राखिएको १५ वटा बाख्री, बाख्रीको अंग लुकाएर बेच्न राखिएको मासुसमेत बरामद गरेको छ । अहिले उनीहरूमाथि थप अनुसन्धान भइरहेको एसपी बस्नेतले बताए ।

प्रकाशित मिति : २३ श्रावण २०७८, शनिबार  १२ : ४५ बजे

क्रान्तिकारी शक्ति एकताबद्ध हुन प्रचण्डको अपिल

काठमाडौं–  नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले सम्पूर्ण क्रान्तिकारी शक्तिलाई

सभापति देउवा र सञ्चारमन्त्री खरेलबीच निर्वाचनबारे छलफल

काठमाडौं– वर्तमान सरकार निर्वाचनको वातावरण बनाउन क्रियाशील छ ।  आगामी

हामी मिलेर हाम्रो आशाको बंगलादेश बनाउनेछौँ : तारिक रहमान

ढाका– बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) का कार्यकारी अध्यक्ष तारिक रहमानले

सञ्चारमन्त्री खरेलले आज शीर्ष नेतासँग भेटवार्ता गर्ने : ११ बजे ओली भेट्न गुन्डु पुग्ने

काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता जगदीश

अमेरिकाले नाइजेरियामा आईएसविरुद्ध ‘घातक हमला’ गरेको ट्रम्पको दाबी

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर–पश्चिमी नाइजेरियामा सक्रिय चरमपन्थी संगठन