मलेसियामा अबैधानिक रुपमा बसेका नेपालीले सहजै स्वदेश फर्कन पाउने « Khabarhub

मलेसियामा अबैधानिक रुपमा बसेका नेपालीले सहजै स्वदेश फर्कन पाउने


२३ श्रावण २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा– मलेसियामा कार्यरत रही अबैधानिक रुपमा बसेका नेपाली श्रमिकले अबदेखि सहजै स्वदेश फर्कन पाउने भएका छन् ।

यसअघि मलेसियाको अध्यागमन विभागले बनाएको अनलाइन प्रणालीमार्फत अपोईन्मेन्ट लिनुपर्ने बाध्यतालाई हटाउँदै अबदेखि स्वदेश फर्कने अबैधानिक नेपालीले राहदानी वा ट्राभल डकुमेन्ट र हवाई टिकट लिएर सिधै विमानस्थल जान सकिने त्यहाँस्थित नेपाली दूतावासकी द्वितीय सचिव यसु बस्नेतले जानकारी दिएकी छन् ।

सचिव बस्नेतका अनुसार अबैधानिक नेपालीले स्वदेश फर्कनको लागि कोरोना रिपोर्ट नेगेटिभ भएको प्रमाणपत्र, कोरोना खोप नलगाएको भए नेपालमा होटल क्वारेनटाइनको पपेर र खोप लगाएको भए सोको प्रमाणपत्र बोकेर २४ घण्टा अघिनै विमानस्थल पुग्नुपर्ने बताइन् ।

नगद कारोबार नहुने भएकोले अध्यागमन बिभागमा तिर्नुपर्ने जरिवाना ५ सय रिङगेट क्रेडिट कार्ड, डेबिट कार्ड वा टच एन्ड गो कार्डबाट तिर्नुपर्ने उनले बताइन् ।

पासपोर्ट नभएको हकमा यात्रा अनुमतिपत्र बनाउनका लागि दूतावासमा नागरिकताको प्रतिलिपि, पुरानो पासपोर्टको प्रतिलिपि, पासपोर्ट साइजको दुई प्रति रंगिन फोटो र १६० मलेसियन रिंगेट दस्तुर तिर्नुपर्छ ।

यो व्यवस्था आगामी डिसेम्बर ३१ सम्म लागू हुने भन्दै सचिव बस्नेतले मलेसियामा कार्यरत रही अबैधानिक रुपमा बसेका नेपालीहरुलाई समयमै मौकाको फाइदा उठाई स्वदेश फर्किन आग्रह गरेकी छन् ।

यसअघि यो कार्यक्रम अन्तर्गत स्वदेश फर्कनका लागि मलेसियाले दिएको समय जुन ३० देखि सकिएको थियो । तर दूतावासले मलेसिया सरकारलाई समय अवधि थप गर्न अनुरोध गरेको थियो ।

मलेसियाले अबैधानिक कामदारहरुका लागि सञ्चालन गरिरहेको ‘रिक्यालिब्रेसन’ कार्यक्रम अन्तर्गत अहिलेसम्म ८८ हजार ३४ जना अवैधानिक विदेशी श्रमिकहरु आआफ्नो देश फर्किसकेका छन् भने १ लाख ७ हजार ५२४ भन्दाबढी विदेशी श्रमिकहरु अझै फर्किने प्रक्रियामै रहेको बताइएको छ ।

प्रकाशित मिति : २३ श्रावण २०७८, शनिबार  २ : १० बजे

दिनभर स्थानीयको अवरोधपछि रातको समयमा धमाधम पिच, वडा अध्यक्ष नै फिल्डमा

काठमाडौं – काठमाडौंको बालाजु बाइपास सडक धमाधम पिच हुन थालेको

बालुवाटारमा एमालेले भन्योः अहिले विदेशमा रहेका नेपालीले भोट हाल्ने व्यवस्था नगरौँ

काठमाडौँ– नेकपा एमालेले फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधि सभा

अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले पछिल्लो समय

सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता

उदयपुर – सुनकोशी नदीमा हाम फालेका उदयपुरको कटारी–३ च्याँगाका ६२

प्रदीप ज्ञवाली भन्छन्ः एमाले निर्वाचनबाट कहिल्यै भाग्दैन

भक्तपुर – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले एमाले