विज्ञापनका बोर्डले लामो पुल कुरुप बन्ने खतरा « Khabarhub

विज्ञापनका बोर्डले लामो पुल कुरुप बन्ने खतरा


२३ श्रावण २०७८, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

बागलुङ– सिङ्गल स्पान प्रविधिमा बनेको संसारकै लामोपुल भनेर प्रचारित बागलुङ अदुवाबारी पुलको अवलोकन गर्न आउनेको ठूलो लर्को लाग्ने गरेको छ ।

कोरोना महामारीका कारण भइरहेको निषेधाज्ञा र महामारीको त्रास छल्दै पुल घुम्न आउनेको कमी छैन । कालीगण्डकीमाथि बनेको पुल आफैँमा सुन्दर छ । पुलको पश्चिमतर्फ पर्ने शहीदपार्कले पर्यटकलाई लोभ्याउँछ । त्यही पार्कतर्फको भाग अव्यवस्थितरुपमा विज्ञापनका लागि राखिएका होर्डिङ बोर्डका कारण कुरुप हुन थालेको देखिएको छ ।

पुल घुम्नका लागि आउने पर्यटक भने छेउछाउका जर्बजस्त राखिएका होर्डिङ बोर्डले गिज्याउने गरेको छ । “लामो पुलको राम्रो फोटो खिचौँ भनेको दायाँबायाँ साथी राखेको जस्तै विज्ञापनका बोर्डको फोटो आउँदो रहेछ”, पोखराबाट घुम्नका लागि बागलुङ आएका सुदीप पौडेल भन्छन्, “पुल र प्रकृति छेकिने गरेर किन बोर्ड राखेका होलान् ?”

विभिन्न देशमा अध्ययनका लागि विद्यार्थी पठाउने बागलुङका केही कन्सल्टेन्सीले पुलको छेउछाउमा होर्डिङ बोर्ड राखेका छन् । नगरका जुनसुकै सार्वजनिक स्थानमा बोर्ड राख्दा निश्चित राजस्व तिर्नुपर्ने व्यवस्था छ । विज्ञापन गर्ने कम्पनी वा फर्मले तिरेको करबाट नगरपालिकाले बोर्डको व्यवस्थापन गर्नुपर्ने हो तर बागलुङ नगरपालिकाले भने बोर्ड राखेको विषयमा आफूहरुलाई जानकारी नभएको बताएको छ ।

“रामरेखा सामुदायिक वनक्षेत्र पर्छ, वनकै जग्गा हो, वनले दिएको भए थाहा भएन”, बागलुङ नगरपालिकाका सूचना अधिकारी युक्तप्रसाद सुवेदीले भने, “अव्यवस्थित र कानुनविपरित राखेको भए हटाउन लगाइने छ ।’’

रामरेखा सामुदायीक वन उपभोक्ता समितिका अध्यक्ष कर्ण बोहराले केही कम्पनीले बोर्ड राख्नका लागि अनुरोध गरेको भएपनि कुनै प्रक्रिया भने पूरा नगरेको बताए । उनले भने, “राजस्व तिर्नुपर्छ वा सेवा शुल्क लिन पाइन्छ भन्ने विषयमा मलाई थाहा भएन, केही भाइहरुले बोर्ड राख्छौँ भनेका थिए ।”

व्यवस्थित नगरिएका बोर्डका कारण पुलमा आउने पर्यटक तस्बीर खिचाउन हिचकिचाउने गरेका छन् । पुलमा खिचिएको तस्वीरमा बोर्डको स्पष्ट चित्र आउने र निःशुल्क सामाजिक सञ्जालमार्फत विज्ञापन हुनेगरी बोर्ड राखिएको छ ।

बागलुङकै मुख्य प्रवेशद्वार मालढुङ्गा पनि अव्यवस्थित बोर्डका कारण कुरुप देखिने गरेको छ । व्यावसायिक प्रयोजनका लागि राखिएका अव्यवस्थित होर्डिङ बोर्डहरुले बागलुङ प्रवेशद्वारको शोभा नै घटाइदिएको छ । प्रवेशद्वारमै जिल्लाका धार्मिक, प्राकृतिक तथा सांस्कृतिक सम्पदाको चिनारी गराउनुपर्ने ठाउँमा अव्यवस्थित व्यावसायिक होर्डिङ बोर्ड मात्र टाँगिएका छन् ।

मदिराका होडिर्ङ बोर्डले बागलुङमा स्वागत गरिरहेको उपभोक्ता मञ्च बागलुङका अध्यक्ष शैलेन्द्रकुमारले श्रेष्ठ बताए । “हाम्रो चिनारी यही हो ? मदिराको व्यापार ?”, उनले भने, “हामीले देखाउने र चिनाउने कुरा धेरै छन्, त्यसतर्फ कसैको ध्यान गएन ।” सन्देशमूलक बोर्डबाहेकका अन्य बोर्ड तथा ब्यानर हटाउनका लागि प्रक्रिया बढिरहेको बागलुङ नगरपालिकाले बताएको छ ।

प्रकाशित मिति : २३ श्रावण २०७८, शनिबार  २ : ४० बजे

ट्राफिक कारबाहीबाट एकैदिन २१ लाख बढी राजस्व सङ्कलन

काठमाडौँ– ट्राफिक प्रहरीले एकै दिन १०२ सवारीचालकलाई सवारी नियम उल्लङ्घनमा

‘भ्यूजका लागि सर्प उद्धार गर्दा ज्यानै जान्छ’

काठमाडौँ- नेपालमा पाइन सर्पका अधिकांश प्रजाति मानिसबाट टाढा बस्न रुचाउँछन्

पहिलो पटक विश्वकप खेलेको केप भर्डे नकआउट चरणमा प्रवेश

काठमाडौँ– फिफा विश्वकप फुटबलमा पहिलो पटक सहभागी राष्ट्र केप भर्डे

उरुग्वेलाई १–० गोलले हराउँदै स्पेन समूह विजेताको रुपमा फिफा विश्वकपको नकआउट चरणमा

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ मा स्पेन समूह ‘एच’ को