यार्सागुम्बा लगायतका जडिबुटीसहित एकजना पक्राउ « Khabarhub

यार्सागुम्बा लगायतका जडिबुटीसहित एकजना पक्राउ


२३ श्रावण २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– चन्द्रागिरि नगरपालिका-२ स्थित नागढुङ्गाबाट यार्सागुम्बा तथा जडिबुटीसहित एक जना पक्राउ परेका छन् ।

यार्सागुम्बा जस्तो देखिने वस्तु ४ सय १२ ग्राम, सिलाजित जस्तो देखिने पदार्थ ६ सय ५० ग्राम र रातो केशरी जस्तो देखिने पदार्थ १ सय ग्रामसहित जुम्ला कन्कासुन्दरी गाउँपालिका-८ बस्ने २४ वर्षीय तुला कामीलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

काकडभिट्टाबाट काठमाडौँतर्फ आउँदै गरेको ना.७ ख २१११ को बसलाई नागढुङ्गास्थित चेक प्वाईन्टमा खटिएको प्रहरीले जाँच गर्ने क्रममा कामीले झोलाभित्र लुकाइ ल्याएको उक्त जडिबुटी फेला परेको प्रहरीले जनाएको छ ।

उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि डिभिजन वन कार्यालय हात्तीसार काठमाडौँमा पठाइने महानगरीय प्रहरी वृत्त थानकोटले जनाएको छ ।

प्रकाशित मिति : २३ श्रावण २०७८, शनिबार  ४ : ५० बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै