राष्ट्रिय क्रिकेट टोलीको फिटनेस ट्रेनरमा गोहिल नियुक्त « Khabarhub

राष्ट्रिय क्रिकेट टोलीको फिटनेस ट्रेनरमा गोहिल नियुक्त


२४ श्रावण २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीको स्ट्रेन्थ र कन्डिसन प्रशिक्षकमा भारतका राकेशकुमार काशीभाइ गोहिललाई नियुक्त गरेको छ ।

गोहिललाई ३८ जना प्रतिस्पर्धीबाट छनोट गरेको क्यानका अध्यक्ष चतुरबहादुर चन्दले जानकारी दिए । खेलाडीको फिटनेश सुधारमा गोहिलको मुख्य भूमिका रहने क्यानले जनाएको छ ।

गोहिलले अष्ट्रेलियाको स्ट्रेन्थ तथा कन्डिसनिङ एसोसिएसनबाट लेभल टु पास गरेका छन् । उनीसँग भारतको नेसनल एकेडेमी र रणजी ट्रफ्री खेल्ने टोलीसँग काम गरेको अनुभव रहेको क्यानले जनाएको छ ।

आगामी महिना ओमानमा आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत ओमान र अमेरिकासँगको त्रिकोणात्मक एकदिवसीय सिरिजका हुँदैछ । सोही प्रतियोगिताका लागि १९ सदस्यीय नेपाली क्रिकेट टोलीले बन्द प्रशिक्षण थालिसकेका छन् ।

प्रकाशित मिति : २४ श्रावण २०७८, आइतबार  ९ : ०१ बजे

मित्रराष्ट्रसँगको सु-सम्बन्धमा विरोध हुने फिल्मलाई प्रदर्शन अनुमति नदिइने

काठमाडौँ । सरकारले नेपालको सुरक्षा, शान्ति र व्यवस्था, मित्रराष्ट्रसँगको सु-सम्बन्धमा

अभिनेत्री केकी अधिकारी भन्छिन् – स्टन्टले देश बन्दैन

काठमाडौं । अभिनेत्री केकी अधिकारीले स्टन्टले देश नबन्ने बताएकी छन्

शंकास्पद पार्किङ गरिएका १४ वटा सवारी साधन कारबाहीमा

काठमाडौँ । सार्वजनिक सडकमा जथाभावी तथा शंकास्पद रूपमा पार्किङ गरिएका

बाढीले निर्माणाधीन माथिल्लो मोदी ‘ए’ जलविद्युत् आयोजनामा क्षति

गण्डकी – कास्कीको अन्नपूर्ण गाउँपालिका ११ स्थित किम्रुङ खोलामा आएको

११ महिनामा २१ खर्ब २० अर्ब रेमिट्यान्स भित्रियो

काठमाडौं – चालु आर्थिक वर्ष २०८२/८३ को ११ महिनामा विप्रेषण