आरती साहमाथि एसिड आक्रमण गर्ने श्रीमान अदालतबाट दोषी ठहर « Khabarhub

आरती साहमाथि एसिड आक्रमण गर्ने श्रीमान अदालतबाट दोषी ठहर


२५ श्रावण २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम- आरती साहलाई एसिड प्रहार गरेको आरोपमा धनुषा जिल्ला अदालतले उनका श्रीमान् सञ्जीव साहलाई दोषी ठहर गर्दै सजाय निर्धारणका लागि पेस गर्ने आदेश गरेको छ ।

न्यायाधीश कृष्ण मुरारी सिवाकोटीको एकल इजलासले एसिड उपलब्ध गराउने व्यवसायी नगेन्द्र साहलाई भने सफाई दिएको छ ।

जनकपुरधाम उपमहानगर ७ स्थित डेरामा बसेकी आरती र छोरी रियामाथि सञ्जीवले ०७७ कार्तिक २७ मा एसिड आक्रमण गरेका थिए ।

घटना लगत्तै सञ्जीवलाई प्रहरीले पक्राउ गरेको थियो । त्यसपछि सञ्जीवले निखिल स्टोरबाट एसिड किनेको बयान दिएपछि प्रहरीले स्टोर सञ्चालक नागेन्द्रलाई पनि पक्राउ गरेको थियो ।

जिल्ला सरकारी वकिलको कार्यालय धनुषाले ०७७ मंसिर २४ मा श्रीमतीमाथि एसिड प्रहार गर्ने धनुषाकै सबैला नगरपालिका ६ का सञ्जीव र एसिड बेच्ने नागेन्द्रलाई समेत १५ वर्ष ६ महिना कैद र कानून बमोजिम उपचार खर्च उपलब्ध गराउनुपर्ने दावी जिल्ला अदातलतमा दर्ता गराएको थियो ।

प्रकाशित मिति : २५ श्रावण २०७८, सोमबार  ६ : ५२ बजे

अनेरास्ववियूको अभियान निरन्तर, रसुवाका बाढीपीडितलाई पुर्‍यायो राहत

रसुवा– अनेरास्ववियूले बाढीपहिरोबाट प्रभावित नागरिकलाई लक्षित गर्दै सञ्चालन गर्दै आएको

यो साता नेप्से : १२ अर्ब ८१ करोड बढीको कारोबार, बीमा र लघुवित्त समूहमा भोटेकोशी बाढीको असर

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा साताको पहिलो कारोबार दिन

राष्ट्रपतिले गरे पाटन कृष्ण मन्दिरको दर्शन (तस्बिरहरू)

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेल ललितपुरको पाटनस्थित कृष्ण मन्दिर पुगेर दर्शन गरेका

फेस्टिभलमा चर्चा कमाएको फिल्मको व्यापार सधैँ कमजोर, के गर्ला ‘तिनीहरू’ले ?

काठमाडौं – शुक्रबारबाट प्रदर्शनमा आएको ‘तिनीहरू : एलिफेन्ट इन फग’को

फकल्यान्डमा बेलायतको अडान कायमै

लण्डन- अर्जेन्टिनाका राष्ट्रपति जेभियर माइलेले फकल्यान्ड टापुमाथि आफ्नो देशको दाबी