९२७ संक्रमित आईसीयू र भेन्टिलेटरमा, कुन प्रदेशमा कति ? | Khabarhub Khabarhub

९२७ संक्रमित आईसीयू र भेन्टिलेटरमा, कुन प्रदेशमा कति ?


२५ श्रावण २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९२७ कोरोना संक्रमितको देशका विभिन्न आईसीयू र भेन्टिलेटरमा उपचार भइरहेको छ ।

मन्त्रालयको आजको तथ्यांक अनुसार देशभर हाल ७४१ कोरोना संक्रमितको आईसीयूमा र १८६ को भेन्टिलेटरमा गरी कुल ९२७ जना उपचाररत छन् । मन्त्रालयको आजको तथ्यांक अनुसार प्रदेश १ मा १४६ जना आईसीयूमा र ५४ भेन्टिलेटरमा उपचाररत छन् ।

यसैगरी प्रदेश २ मा ४ जनाको आईसीयूमा उपचार भइरहेको छ । यसैगरी बागमती प्रदेशमा ४५८ जना आईसीयूमा र १०९ जना भेन्टिलेटरमा उपचारत छन् ।

त्यस्तै गण्डकी प्रदेशमा ६६ जना आईसीयूमा र २ जना भेन्टिलेटरमा लुम्बिनी प्रदेशमा ६२ जना आईसीयूमा र १३ जना भेन्टिलेटरमा, कर्णालीमा ६ जना आईसीयूमा र १ जना भेन्टिलेटरमा, सुदूरपश्चिम प्रदेशमा ९ जना आईसीयू र ७ जनालाई भेन्टिलेटरमा राखेर उपचार भइररहेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : २५ श्रावण २०७८, सोमबार  १० : ५९ बजे

सुदूरपश्चिममा प्रचण्डकाे ‘हेड्याक’ : दलको नेतामा १६ महिनापछि खगराजकाे ‘कमब्याक’

धनगढी– नेकपा माओवादी केन्द्रका कार्यकर्ताले प्रचण्डलाई सुप्रिमो भन्छन् अर्थात् सुप्रिम

ढकमक्क ज्याकाराण्डा, तस्बिर खिच्नेको ताँती (तस्बिरहरू)

काठमाडौं– उपत्यका अहिले ज्याकारान्डा फुलेर बैजनी रंगको बनेको छ ।

बालेनको सचिवालय भन्छ- प्रवक्ता यथावत छन्, समितिको नेतृत्व मात्रै हेरफेर

काठमाडौं– काठमाडौं महानगरपालिकाले प्रवक्तामा नवीन मानन्धर यथावत रहेको जनाएको छ

सडक अनुगमनमा निस्किइन् उपमेयर डंगोल 

काठमाडौं– काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोल धुलोरहित सडक निर्माणको अनुगमनमा

हिट बन्यो ‘ऊनको स्वीटर’, फ्लपको ह्याट्रिबाट जोगिए विपीन

काठमाडौं – डेब्यू निर्देशक नवीन चौहानको फिल्म ‘ऊनको स्वीटर’ हिट