एमसीसीबारे ओलीले भने : बोल्नुपर्ने विषयमा सरकार किन मौन ? | Khabarhub Khabarhub

एमसीसीबारे ओलीले भने : बोल्नुपर्ने विषयमा सरकार किन मौन ?


२५ श्रावण २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)का विषयमा अहिले सरकार बोल्नुपर्ने विषयमा मौन किन बसेको भन्दै प्रश्न गरेका छन् ।

सोमबार बसेको केन्द्रीय कमिटी बैठकमा उनले सो कुरा बताएको नेता विष्णु रिजालले सामाजिक सञ्जालमार्फत जनाएका हुन् ।

ओलीले सरकारको न्यूनतम साझा कार्यक्रममा शब्दजालबाहेक केही नभएको समेत बताएको उनले जानकारी दिएका छन् । वर्तमान सरकार बोल्नुपर्ने विषयमा मौन रहेको समेत अध्यक्ष ओलीले बताएको उनले जनाएका छन् ।

अध्यक्ष ओलीको भनाइ उद्धृत गर्दै उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘हिजो हामी सरकारमा हुञ्जेल एमसीसीका बारेमा होहल्ला गर्थे । सरकारको न्यूनतम साझा कार्यक्रममा शब्दजालबाहेक केही छैन, बोल्नुपर्ने विषयमा मौन छ । एमसीसीका बारेमा त्यसमा एक शब्द पनि छैन ।’

नेता रिजालले अध्यक्ष ओलीको भनाइ उद्धृत गर्दै निम्नानुसार ४ वटा बुँदा सामाजिक सञ्जालमा उल्लेख गरेका छन्-

१. परमादेशबाट बनेको सरकारको न्यूनतम साझा कार्यक्रम हेर्दा शब्दजाल बाहेक केही छैन । बोल्नुपर्ने विषयमा मौन छ । एमसीसीका बारेमा त्यसमा एक शब्द पनि छैन ।

२. हिजो हामी सरकारमा हुञ्जेल एमसीसीका बारेमा उनीहरु होहल्ला गर्थे । अहिले ती ‘क्रान्तिकारी’हरु सरकारमा भएको बेलामा सीधै एमसीसी खारेज गर्छौं भन्न सक्नुपथ्र्यो नि त !

३. एमसीसी ससद्मा छ । पास गर्ने कि फेल गर्ने भन्नेबारेमा कथित साझा कार्यक्रममा एक शब्द छैन । एमसीसी के हो ? यस सरकारसँग कुनै दृष्किोण नै छैन ।

४. एमसीसीका बारेमा जसले वार्ता गर्यो, जसले सम्झौता गर्यो- उहाँहरु अहिले सरकारमा हुनुहुन्छ । एमसीसी पारित हुन १३६ मत चाहिन्छ, उहाँहरुसँग १६५ मत छ । हामीसँग कसैले केही कुरै गरेको छैन । त्यसैले हामीले त्यसमा सहभागी हुनुपर्ने वा नपर्ने भन्ने प्रश्नै छैन ।

प्रकाशित मिति : २५ श्रावण २०७८, सोमबार  १० : २३ बजे

ढकमक्क ज्याकाराण्डा, तस्बिर खिच्नेको ताँती (तस्बिरहरू)

काठमाडौं– उपत्यका अहिले ज्याकारान्डा फुलेर बैजनी रंगको बनेको छ ।

बालेनको सचिवालय भन्छ- प्रवक्ता यथावत छन्, समितिको नेतृत्व मात्रै हेरफेर

काठमाडौं– काठमाडौं महानगरपालिकाले प्रवक्तामा नवीन मानन्धर यथावत रहेको जनाएको छ

सडक अनुगमनमा निस्किइन् उपमेयर डंगोल 

काठमाडौं– काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोल धुलोरहित सडक निर्माणको अनुगमनमा

हिट बन्यो ‘ऊनको स्वीटर’, फ्लपको ह्याट्रिबाट जोगिए विपीन

काठमाडौं – डेब्यू निर्देशक नवीन चौहानको फिल्म ‘ऊनको स्वीटर’ हिट

लिङदेनको आरोप- संविधानको उल्लंघन गर्दै सरकारले निषेधको राजनीति गर्न खोज्यो

काठमाडौं– राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले सरकारले निषेधको राजनीति गर्न खोजेको