अष्ट्रेलियाविरुद्धको टी-ट्वान्टी सिरिजमा बंगलादेशको शानदार जित | Khabarhub Khabarhub

अष्ट्रेलियाविरुद्धको टी-ट्वान्टी सिरिजमा बंगलादेशको शानदार जित


२६ श्रावण २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  अष्ट्रेलियाविरुद्धको पाँच खेलको टी-ट्वान्टी सिरिजमा घरेलु टिम बंगलादेशले शानदार जित हात पारेको छ ।

ढाकामा सोमबार भएको अन्तिम तथा पाँचौ टी-ट्वान्टीमा अष्ट्रेलियालाई ६० रनले पराजित गर्दै घरेलु टोलीले सिरिज  ४-१ ले जितेको हो ।

शेर बंगला नेसनल स्टेडियममा बंगलादेशले दिएको १ सय २३ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको अष्ट्रेलिया ६२ रन जोड्दा अलआउट भयो ।

अष्ट्रेलिया १३ ओभर ४ बलमा अलआउट भएको हो । सीमित ओभरको क्रिकेटमा अष्ट्रेलियाको यो सर्वाधिक कम स्कोर हो ।

अष्ट्रेलियाका लागि कप्तान म्याथ्यु वेडले २२ रन जोडे । यस्तै बेन म्याकडेरमोटले १७ रन जोड्दा अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् ।

अष्ट्रेलियालाई सस्तैमा समेट्न शकिब अल हसनले ४ विकेट लिए । मोहमद सैफुदीनले ३ तथा नासुन अहमेदले २ विकेट लिए  ।

यसअघि पहिले ब्याटिङ गरेको बंगलादेशले २० ओभरमा ८ विकेट गुमाएर १ सय २२ रन बनाएको थियो थियो ।

बंगलादेशका लागि मोहमद नाइमले २३ रन जोड्दा कप्तान महमुद उल्लाहले १९ रन बनाए ।

प्रकाशित मिति : २६ श्रावण २०७८, मंगलबार  ६ : ४० बजे

आज अन्तर्राष्ट्रिय आणविक निःशस्त्रीकरण दिवस

काठमाडौं– आज अन्तर्राष्ट्रिय आणविक निःशस्त्रीकरण दिवस आणविक हतियारको पूर्ण उन्मूलनसम्बन्धी

सरकारको पुनर्निर्माण कोषमा व्यवसायीको सहयोग

गलकोट– जेन-जी आन्दोलनका क्रममा क्षतिग्रस्त सरकारी संरचना पुनर्निर्माणमा सघाउन बागलुङका

नारायणगढ–मुग्लिन सडकमा फसेका ५५० यात्रुलाई निःशुल्क घुम्ती बस सेवाबाट उद्धार

काठमाडौं– नारायणगढ–मुग्लिन सडकखण्डमा फसेका ५ सय ५० यात्रुलाई निःशुल्क घुम्ती

देशका अधिकांश भागको मौसम सफा रहने

काठमाडौं– हाल देशभर मनसुनी वायुको प्रभाव कमजोर भएको छ भने

सुदूरपश्चिममा रेबिज सङ्क्रमण बढ्दो, नियन्त्रणमा चुनौती

कञ्चनपुर– सुदूरपश्चिममा रेबिजको सङ्क्रमण बढ्दो क्रममा देखिएको छ । पशुपन्छी