राष्ट्रपतिलाई पार्टी विवादमा मध्यस्थताका लागि आग्रह गरेको छैन : रावल | Khabarhub Khabarhub

राष्ट्रपतिलाई पार्टी विवादमा मध्यस्थताका लागि आग्रह गरेको छैन : रावल


२६ श्रावण २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  नेकपा एमालेका उपाध्यक्ष भीम रावलले राष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टी विवादमा मध्यस्थता गरिदिन आफूले आग्रह नगरेको बताएका छन् ।

ट्वीटरमार्फत् नेता रावलले राष्ट्रपतिलाई पार्टी विशेषको विवादमा मध्यस्थता गरिदनका लागि आफूले आग्रह गरेको भन्ने समाचार मनगढन्ते र भ्रामक भएको बताएका छन् ।

“राष्ट्रपतिसँगको भेटघाटमा मैले नेकपा (एमाले) को समस्यामा मध्यस्थता गरिदिन आग्रह गरेको भन्ने समाचार मनगढन्त र भ्रामक हो । राष्ट्रपतिलाई पार्टी विशेषको विवादमा मध्यस्थता गरिदन आग्रह गर्न मिल्दैन,” उनले लेखेका छन् ।

गत शनिबार शीतलनिवासमा पुगेर राष्ट्रपति भण्डारीसँग भेटवार्ता गरेको भन्ने समाचार सार्वजनिक भएको थियो । भेटमा उनले राष्ट्रपतिसँग के विषयमा कुरा गरे भन्नेबारे खुलाएका छैनन् ।

प्रकाशित मिति : २६ श्रावण २०७८, मंगलबार  ७ : ४१ बजे

दशैँका लागि खसीबोका र च्याङ्ग्रा बिक्री सुरु

काठमाडौं– खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आजदेखि दशैँका लागि

पात्रोको दशैं, छाप्रोको दशा

बीसासय आयु दशौंली ढोग, जोर केरा सगुन दाहिने दुर्गा अक्षता

‘समन्वयमा कमजोरीका कारण विपदमा बढी क्षति’ 

काठमाडौं– वर्षाको पूर्वानुमानका सम्बन्धमा जल तथा मौसम विज्ञान विभागले समयमा

यी हुन् हिजबुल्लाका हराएका नेता सफेडाइन

काठमाडौं – हिजबुल्लाहको नेता हसन नसरल्लाहको मृत्यु भएपछि उनको उत्तराधिकारीको

बाढीपहिरो अपडेट : अहिलेसम्म २४४ जनाको मृत्यु, १९ बेपत्ता

काठमाडौं– यही असोज ११ र १२ गते परेको अविरल वर्षासँगै