काठमाडौँ उपत्यकाको निषेधाज्ञा फेरि थपिँदै, संक्रमण बढेकाले कडाइ गर्ने तयारी « Khabarhub

काठमाडौँ उपत्यकाको निषेधाज्ञा फेरि थपिँदै, संक्रमण बढेकाले कडाइ गर्ने तयारी


२६ श्रावण २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- काठमाडौँ उपत्यकाको निषेधाज्ञा फेरि थपिने भएको छ ।

यसबारे निर्णय गर्न आज काठमाडौँ उपत्यकाका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्दैछ । दिउँसो २ बजे काठमाडौँ जिल्ला प्रशासन कार्यालयमा बस्ने बैठकले जारी निषेधाज्ञा केही परिमार्जनसहित थप्ने तयारी गरेको छ ।

‘संक्रमण बढ्दै गएकाले अबको निषेधाज्ञा अहिले वैज्ञानिक बनाउनु पर्ने आवश्यक देखिएको छ,’ ललितपुरका प्रजिअ ढुण्डीप्रसाद निरौलाले भने,’भीडभाडजन्य गतिविधी, तालिम तथा सभाजस्ता क्रियाकलापलाई निरूत्साहित हुने गरीको निर्णय हुन सक्छ ।’

परीक्षासमेत स्थगित भइरहेका बेला अब फेरि केही क्षेत्रलाई सीमित गरेर अघि बढ्ने कि भन्नेबारे छलफल गरेर निर्क्यौलमा पुगिने उनले बताए ।

यसअघि घोषित निषेधाज्ञाको बुधबार मध्यराति सकिँदैछ । केही दिन यता कोरोना संक्रमित बढ्दै जाँदा काठमाडौँ उपत्यकाका अस्पतालहरु संक्रमितले भरिन थालेका छन् ।

काठमाडौँ उपत्यकामा वैशाख १६ देखि जारी निषेधाज्ञा एक महिना यता केही खुकुलो बनाइएको थियो । अहिले विद्यालय, मठमन्दिर, नाइट क्लवलगायतका क्षेत्रबाहेक सबैजसो पसल, व्यवसाय खुला गरिएको छ ।

तर केही दिनदेखि संक्रमण बढेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले गत शनिबार भिडिओ सन्देश जारी गर्दै कोरोनाको तेस्रो लहरको संकेत देखिएको भन्दै अत्यावश्यक नपरेसम्म घरबाट बाहिर ननस्किन आग्रह गरेका थिए ।

प्रकाशित मिति : २६ श्रावण २०७८, मंगलबार  ८ : ४० बजे

कालिमाटीको आलु काउली र लौकामा भेटियो अत्यधिक मात्रामा विषादी, नष्ट गर्न निर्देशन

काठमाडौं– कृषि विभागअन्तर्गत केन्द्रीय कृषि प्रयोगशालाको विषादी अवशेष द्रुत विश्लेषण

गर्मीकै कारण फ्रान्समा थप एक हजार जनाको मृत्यु

पेरिस– पश्चिमी युरोपको ठूलो भागमा उष्ण लहरका कारण अपेक्षा गरिएभन्दा

प्रतिनिधिसभाबाट आर्थिक विधेयक पारित

काठमाडौं– प्रतिनिधिसभाबाट आर्थिक विधेयक २०८३ पारित भएको छ ।   आइतबार

सदनमा अर्थमन्त्रीको जवाफ- विदेश पढ्न जाने विद्यार्थीका लागि मुद्रा सटही शुल्क उचित छ, कर तिर्नैपर्छ 

काठमाडौं– अर्थमन्त्री डा स्वर्णिम वाग्लेले शिक्षा र स्वास्थ्य क्षेत्रबाट सङ्कलन

पोखरामा २१ औँ रोपाइँ महोत्सव (तस्बिरहरू)

पोखरा– कास्कीको लेखनाथस्थित शिशुवामा पोखरा पर्यटन परिषद्ले आयोजना गरेको २१औँ रोपाइँ