राष्ट्रियसभाको बैठक बस्दै | Khabarhub Khabarhub

राष्ट्रियसभाको बैठक बस्दै


२६ श्रावण २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  राष्ट्रिय सभाको बैठक आज बस्दैछ । बिहान ११ बजे बस्ने बैठकमा  विभिन्न विधेयकसँग सम्बन्धित प्रतिवेदन पेस हुने कार्यसूची छ ।

आजको विधायन व्यवस्थापन समिति सभापति परशुराम मेघी गुरुङले ‘रेल्वे विधेयक, २०७६’ सम्बन्धी समितिको प्रतिवेदन पेश गर्नेछन् ।  यस्तै ‘प्रत्यायन (एक्रिडिटेशन) विधेयक, २०७६’ सम्बन्धी समितिको प्रतिवेदन पनि पेस हुने कार्यसूची छ ।

यस्तै प्रधानमन्त्री शेरबहादुर देउवाले ‘सार्वजनिक सेवा प्रसारण विधेयक, २०७७’, ‘खाद्य स्वच्छता तथा गुणस्तर विधेयक, २०७७ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव पनि पेस गर्ने सम्भावित कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।

बैठकमा ‘स्टाण्डर्ड नाप र तौल (पाचौँ संशोधन) विधेयक, २०७६ पनि छलफलका प्रस्ताव गरिने कार्यसूची छ ।

प्रकाशित मिति : २६ श्रावण २०७८, मंगलबार  ९ : ४० बजे

११ बुँदे निष्कर्षसहित सकियो रास्वपाको विस्तारित बैठक

चितवन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को दुईदिने विस्तारित बैठक चितवनमा

जुकाको औषधि घाँटीमा अड्किएर १८ महिने बालिकाको मृत्यु

दाङ – दाङको गढवा गाउँपालिका–४ अजगढवामा जुकाको औषधि घाँटीमा अड्किएर

काठमाडौंमा अन्तर वडास्तरीय फुटसल सुरु

काठमाडौं – आजदेखि तेस्रो प्रयागराजसिंह सुवाल स्मृति अन्तर वडा फुटसल

चार घण्टापछि खुल्यो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल चार घण्टापछि खुलेको छ। शनिबार

एयर फिल्ड लाइटिङमा समस्या आएपछि त्रिभुवन विमानस्थलमा जे देखियो (तस्बिरहरू)

काठमाडाैं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको धावनमार्गमा रहेको ‘एयर फिल्ड लाइटिङ’