अर्थमन्त्री जनार्दन शर्माले सरकारको यर्थाथपत्र सार्वजनिक गर्दै | Khabarhub Khabarhub

अर्थमन्त्री जनार्दन शर्माले सरकारको यर्थाथपत्र सार्वजनिक गर्दै


२६ श्रावण २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सरकारले आज मुलुकको पछिल्लो आर्थिक अवस्था समेटिएको यर्थाथपत्र सार्वजनिक गर्ने भएको छ ।

अर्थमन्त्री जनार्दन शर्माले सङ्घीय संसद् प्रतिनिधिसभाको आजको बैठकमा यर्थाथपत्र सार्वजनिक गर्न लागेका हुन् ।

प्रतिनिधिसभाको बैठक आज अपरान्ह् १ बजे बस्दैछ । बैठकमा अर्थमन्त्रीले यर्थाथपत्र सार्वजनिक गर्ने गरी समय माग गरेका छन् । सभामुख अग्निप्रसाद सापकोटाका प्रेस विज्ञ श्रीधर न्यौपानेले यर्थाथपत्र सार्वजनिक गर्नका लागि अर्थमन्त्रीले समय माग गरेको बताए।

अर्थमन्त्री शर्माले कोरोनाका कारण मुलुकको अर्थतन्त्रमा परेको प्रभाव तथा सरकारले चाल्नुपर्ने कदमका बारेमा जानकारी दिने उद्देश्यले यर्थाथपत्र ल्याउन लागेको यसअघि नै घोषणा गरिसकेका छन् ।

उनले कोही कसैलाई आरोपित गर्नेभन्दा पनि मुलुकको अर्थतन्त्रको अवस्थाका बारेमा देश र जनतालाई जानकारी दिनु सरकारको दायित्व रहेको बताउँदै आएका छन् ।

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वमा गठबन्धन सरकार बनेपछि पहिलो पटक श्वेतपत्र नभनीकन यर्थाथपत्र सार्वजनिक गर्न लागिएको हो ।

प्रकाशित मिति : २६ श्रावण २०७८, मंगलबार  १२ : ३८ बजे

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– नेपाली बजारमा साताको पहिलो कारोबार दिन अर्थात् आइतबार सुनको

श्रीलंकाको विकासमा सहयोग गर्न भारत प्रतिवद्ध

काठमाडौं– श्रीलंकाका नवनिर्वाचित राष्ट्रपति अनुरा कुमारा दिसानायकेले श्रीलंकाका लागि भारतका

प्रि ओपन सेसनमा झिनो अंकको वृद्धि

काठमाडौं– प्रि ओपन सेसनमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) झिनो अंकले

आज तरकारी तथा फलफूलको मूल्य कति ?

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

दशैँका लागि खसीबोका र च्याङ्ग्रा बिक्री सुरु

काठमाडौं– खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आजदेखि दशैँका लागि