दार्चुला घटनाबारे यथासक्य चाँडो संसदलाई जानकारी गराउनू– सभामुख « Khabarhub

दार्चुला घटनाबारे यथासक्य चाँडो संसदलाई जानकारी गराउनू– सभामुख


२६ श्रावण २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सभामुख अग्निप्रसाद सापकोटाले दार्चुलामा एसएसबीले तुइन काटेर महाकाली नदीमा जयसिंह धामी बेपत्ता भएको घटनाको संसदलाई सत्यतथ्य जानकारी गराउन रुलिङ गरेका छन् ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा सभामुख सापकोटाले दार्चुला घटनाबारे संसद्लाई यथासक्य चाँडो जानकारी दिन सभामुखले सरकारको ध्यानाकर्षण गराए ।

यसअघि बैठकमा सांसदहरूले दार्चुला घटनाका विषयमा सत्यतथ्य छानबिन गर्न माग गरेका थिए ।

सभामुख सापकोटाले यस विषयमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताए ।

साउन १५ गते गाउँबाट सदरमुकाम खलंगा जाने क्रममा एसएसबीले तुइन काटिदिदा जयसिंह धामी बेपत्ता भएको स्थानीयवासीको भनाइ छ । उक्त घटनको छानविन गर्न सरकारले समिति गठन गरेको छ ।

 

प्रकाशित मिति : २६ श्रावण २०७८, मंगलबार  २ : ४६ बजे

पछिल्लो २४ घण्टामा सर्पदंशबाट एक जनाको मृत्यु, १० घाइते

काठमाडौं – पछिल्लो २४ घण्टामा भएका विभिन्न घटनामा एक जनाको

बेलायतमा नेपाली विद्यार्थीका समस्या गम्भीर, तत्काल सुधारका उपाय अपनाउन आग्रह

काठमाडौं – बेलायतमा अध्ययनरत नेपाली विद्यार्थीहरूले भोगिरहेका समस्या दिनप्रतिदिन गम्भीर

आफैँले चलाएको गाडी दुर्घटना हुँदा स्वर्गद्वारीका उपप्रमुखको मृत्यु

प्यूठान – प्यूठानको स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख मीनराज राना मगरको सवारी

भाइरल च्याटबारे सुजन चापागाईंको स्पष्टीकरण : सामाजिक सञ्जालको दुरुपयोग भयो, छानबिन सुरु गरिसकेको छु

काठमाडौं – पछिल्लो केही दिनदेखि सामाजिक सञ्जालमा आफूले विभिन्न महिला