प्रदेश १ मा एकैदिन १ हजार ७१ कोरोना संक्रमित थपिए « Khabarhub

प्रदेश १ मा एकैदिन १ हजार ७१ कोरोना संक्रमित थपिए


२६ श्रावण २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा एक हजार ७१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

एक हजार ६२० को पीसीआर परीक्षण गर्दा ५२८ र एक हजार ७५३ को एन्टिजेन परीक्षण गर्दा ५४३ गरी एक हजार ७१ मा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा १८१ मध्ये विराटनगरमा ४२, झापामा १७९, सुनसरीमा १३७, धनकुटामा १०, इलाममा पाँच, उदयपुर र सङ्खुवासभामा तीन/तीन, पाँचथर र भोजपुरमा दुई/दुई र प्रदेश बाहिरका छ जनामा सङ्क्रमण देखिएको छ ।

पछिल्लो २४ घण्टामा प्रदेशमा ४५५ जना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त हुनेमा २२२ महिला र २३३ पुरुष छन् । सोही अवधिमा कोरोना सङ्क्रमणका कारण दुई महिलासहित पाँच जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : २६ श्रावण २०७८, मंगलबार  ९ : ३० बजे

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु