कर्णालीको स्वास्थ्य सुधार्न कार्ययोजना बनाउँदै डब्ल्युएचओ « Khabarhub

कर्णालीको स्वास्थ्य सुधार्न कार्ययोजना बनाउँदै डब्ल्युएचओ


२७ श्रावण २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कर्णाली- विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ)ले कर्णाली प्रदेशको कमजोर स्वास्थ्य अवस्था सुधार गर्ने योजनालाई अघि सारेको छ ।

सङ्गठनले त्यसका लागि कार्ययोजना निर्माण गरिने बताएको छ । डब्ल्युएचओले गर्दै आएको कामका बारेमा जानकारी दिन मङ्गलबार सुर्खेत वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमार्फत डब्ल्युएचओका नेपाल प्रमुख डा.राजेश पाण्डवले स्वास्थ्य अवस्थामा देखिएको कमजोरीलाई सुधार गर्न डब्लुएचओले विशेष गृहकार्य गरिरहेको बताए ।

यसका लागि कर्णालीको कार्ययोजना अनुरूप अघि बढ्ने जनाउँदै नेपाल प्रमुख डा.पाण्डवले अन्य प्रदेशको तुलनामा कर्णालीको स्वास्थ्य अवस्था कमजोर रहेकाले अहिले यो प्रदेशमा कोरोना खोप, स्वास्थ्य सामग्रीलगायतको उपलब्धता र आगामी दिनमा थाल्नुपर्ने रणनीतिका विषयमा जानकारी लिन सुर्खेत आएको जनाए ।

“हरेक वर्गका नागरिकको स्वास्थ्य राम्रो हुनुपर्दछ भन्ने मान्यता विश्व स्वास्थ्य सङ्गठनले राख्दछ । यहाँका नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा दिन हामी हातेमालो गर्न तयार छौँ”, प्रमुख डा पाण्डवले भने, “यसका लागि सङ्घ र प्रदेश सरकारबाट यहाँको स्वास्थ्य अवस्था र कस्तो ठाउँमा सहयोग गर्दा प्रभावकारी हुन्छ भन्ने तथ्याङ्कसहितको प्रतिवेदन हामीले पाउँदा काम गर्न सहज हुनेछ ।”

प्रकाशित मिति : २७ श्रावण २०७८, बुधबार  १२ : ५० बजे

पोखराको धार्मिक पर्यटकीय क्षेत्र पुम्दीभुम्दीको प्रवर्द्धन गर्न ‘हाइकिङ’

कास्की – पोखरा महानगरपालिका–२२ मा अवस्थित विशाल महादेवको मूर्तिसहितका धार्मिक

गोरखाको जङ्गलमा पाँच थान भरुवा बन्दुक भेटियो

गोरखा – गोरखाको एक जङ्गलमा पाँच थान भरुवा बन्दुक बेवारिसे

नित्यनाथ मन्दिर पुनर्निर्माण सम्पन्न

काठमाडौं – काठमाडौं महानगरपालिका–८ जयवागेश्वरीस्थित नवालीटोलमा रहेको लिच्छविकालीन नित्यनाथ मन्दिर

पर्यटक र तीर्थयात्रीको सहजताका लागि शिवधारा क्षेत्रमा स्वास्थ्यकर्मीको टोली परिचालन

सङ्खुवासभा – सङ्खुवासभाको मकालु गाउँपालिकाअन्तर्गत मकालु आधार शिविर तथा धार्मिकस्थल

अमेरिकी बालबालिकाको गोपनीयतासम्बन्धी मुद्दामा टिकटकले ४० करोड डलर तिर्न सहमत

सान फ्रान्सिस्को – भिडियो सेयरिङ प्लेटफर्म टिकटकले सङ्घीय बालबालिकाको गोपनीयतासम्बन्धी