रेलवे कम्पनीका महाप्रबन्धक गुरू भट्टराईले दिए राजीनामा (राजीनामा पत्रसहित) « Khabarhub

रेलवे कम्पनीका महाप्रबन्धक गुरू भट्टराईले दिए राजीनामा (राजीनामा पत्रसहित)


२७ श्रावण २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – रेलवे कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले पदबाट राजीनामा दिएका छन् ।

आचरण र अनियमितताको आरोप लगाउँदै अघिल्लो मंगलबार सरकारले स्पष्टीकरण सोधेपछि भट्टराईले गत सोमबार आफूले गरेका कामको विवरण सार्वजनिक गर्दै राजनीतिक पूर्वाग्रह साँधिएको भन्दै प्रष्टीकरण नदिने बताएका थिए ।

प्रष्टीकरण सोधेर सरकारले हटाउने तयारी गरिरहँदा भट्टराईले त्यसअघि नै आज भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा राजीनामा बुझाएको जनाएका छन् ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सम्बद्ध सार्वजनिक निकायका पदाधिकारीको नियुक्ति तथा मनोनयम सम्बन्धि मापदण्ड-२०७७ को दफा ९ को खण्ड (घ) मा व्यवस्था नभएको विषय आरोप लगाइ स्पष्टीकरण सोधिएको भन्दै उनले असन्तुष्टि जनाएका थिए ।

‘सरकारले गर्ने जनविरोधी कामहरुको सहयात्री र मुखदर्शक हुन मेरो नैतिक मूल्य मान्यता र मुलुकप्रतिको अगाध प्रेमले नदिने हुँदा मैले आजकै मितिदेखि लागु हुने गरी नेपाल रेलवे कम्पनी लिमिटेडको महाप्रवन्धक पदबाट राजीनामा दिएको छु,’मन्त्रालयललाई बुझाएको राजीनामापत्रमा भट्टराईले लेखेका छन्

भट्टराईलाई केपी ओली नेतृत्वको सरकारले २०७७ जेठ २८ गते नियुक्त गरेको थियो । उनले असार ४ बाट कार्यभार सम्हालेका थिए ।

हेर्नुहोस् राजीनामा पत्र

प्रकाशित मिति : २७ श्रावण २०७८, बुधबार  १ : ३४ बजे

मकवानपुरमा आगलागी हुँदा करिब तीन लाखको क्षति, महिला घाइते

बागमती- मकवानपुरको भीमफेदी गाउँपालिका–७, कोगटेमा मंगलबार आगलागी हुँदा करिब तीन

राष्ट्रियसभा चुनावका लागि ७ जना निर्वाचन अधिकृत नियुक्त

काठमाडौँ- निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य

नेकपा पाँचथरले मिक्सोलाई अगाडि बढाउने

काठमाडौं- पाँचथरको एकमात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट

काभ्रेको रोडाढुंगा उद्योगमा पहिरो जाँदा एकजनाको मृत्यु

काठमाडौँ– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ मा सञ्चालनमा रहेको रोशी रोडाढुंगा उद्योगमा

सुनचाँदी पसले नै सुन चोरीमा संलग्न

काठमाडौँ- सुनचाँदी चोरीमा संलग्न एकजना सुनचाँदी व्यवसायीलाई नेपाल प्रहरीले पक्राउ