भीमदत्त नगरपालिकाको शिक्षा शाखामा २४ दिनदेखि तालाबन्दी « Khabarhub

भीमदत्त नगरपालिकाको शिक्षा शाखामा २४ दिनदेखि तालाबन्दी


२७ श्रावण २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कञ्चनपुरको भीमदत्त नगरपालिकाको शिक्षा शाखामा विगत २४ दिनदेखि तालाबन्दी गरिएको छ ।

शिक्षा शाखा समितिको गत असार ३१ गते बसेको वैठकले शिक्षक दरबन्दी मिलान गर्ने निर्णय गरेपछि नेपाल शिक्षक संघमा आवद्ध शिक्षकहरुले विभिन्न माग राख्दै साउन ३ गतेबाट शाखा कार्यालयमा तालाबन्दी गरेको शिक्षा शाखा प्रमुख हरिदत्त जोशीले बताए ।

शिक्षकहरुले तालाबन्दी गर्नुका साथै शाखा कार्यालय अगाडि धर्ना पनि दिइरहेका छन् । तालाबन्दीसँगै धर्ना दिएका शिक्षकहरुले साउन १८ देखि रिले अनसनमा समेत गरेका छन् । शिक्षा तथा मानव स्रोत विकास केन्द्रको शिक्षक दरबन्दी मिलान कार्यविधि २०७६ विपरित मनपरी ढंगले दरबन्दी मिलान गरेको भन्दै उनीहरु आन्दोलित भएका हुन् ।

शिक्षा शाखा प्रमुख जोशीका अनुसार लामो समयदेखि शाखामा तालाबन्दी हुँदा दैनिक काममा समेत असर परेको छ । पटक पटक छलफलमा बस्दा पनि शिक्षकहरुको माग सम्बोधन गर्न नसकिएको उनले बताए ।

ऐन नियम अनुसार शिक्षक दरबन्दी मिलान गरेपनि शिक्षकहरुले सरुवा तथा पदस्थापनमा चित्त नबुझाएकाले आन्दोलन गरेका उनले बताए । दरबन्दी मिलान गर्दा केही शिक्षकलाई पाएक पर्ने ठाँउ नपरेकाले शिक्षहरु आन्दोलनमा उर्तिएको उनको आरोप छ ।

शाखामा तालाबन्दी गर्दा शिक्षकहरुको कार्य सम्पादन मुल्यांकन, शिक्षकहरुको तलब लगायत अन्य काममा पनि प्राभाव परेको उनले बताए । नगरपालिकाको नयाँ भवन बनेकाले शाखा सार्ने काम पनि तालबन्दीकै कारण रोकिएको उनको भनाइ छ ।

प्रकाशित मिति : २७ श्रावण २०७८, बुधबार  ३ : ३८ बजे

पोखराको धार्मिक पर्यटकीय क्षेत्र पुम्दीभुम्दीको प्रवर्द्धन गर्न ‘हाइकिङ’

कास्की – पोखरा महानगरपालिका–२२ मा अवस्थित विशाल महादेवको मूर्तिसहितका धार्मिक

गोरखाको जङ्गलमा पाँच थान भरुवा बन्दुक भेटियो

गोरखा – गोरखाको एक जङ्गलमा पाँच थान भरुवा बन्दुक बेवारिसे

नित्यनाथ मन्दिर पुनर्निर्माण सम्पन्न

काठमाडौं – काठमाडौं महानगरपालिका–८ जयवागेश्वरीस्थित नवालीटोलमा रहेको लिच्छविकालीन नित्यनाथ मन्दिर

पर्यटक र तीर्थयात्रीको सहजताका लागि शिवधारा क्षेत्रमा स्वास्थ्यकर्मीको टोली परिचालन

सङ्खुवासभा – सङ्खुवासभाको मकालु गाउँपालिकाअन्तर्गत मकालु आधार शिविर तथा धार्मिकस्थल

अमेरिकी बालबालिकाको गोपनीयतासम्बन्धी मुद्दामा टिकटकले ४० करोड डलर तिर्न सहमत

सान फ्रान्सिस्को – भिडियो सेयरिङ प्लेटफर्म टिकटकले सङ्घीय बालबालिकाको गोपनीयतासम्बन्धी