राजीनामापछि सरकारी गाडी मन्त्रालयलाई बुझाएर निजी सवारीमा फर्किए गुरु भट्टराई « Khabarhub

राजीनामापछि सरकारी गाडी मन्त्रालयलाई बुझाएर निजी सवारीमा फर्किए गुरु भट्टराई


२७ श्रावण २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– रेलवे कम्पनीको महाप्रबन्धक पदबाट राजीनामा दिएपछि गुरु भट्टराईले आफूले प्रयोग गरेको सरकारी गाडी मन्त्रालयलाई बुझाएका छन् ।

आज दिउँसो उनले राजीनामा दिएपछि आफूले प्रयोग गर्दै आएको बा २ झ ३०४५ नम्बरको गाडी मन्त्रालयलाई बुझाएर बा १० च ३१५ नम्बरको निजी सवारीमा मन्त्रालयबाट बाहिरिएका हुन् ।

आचरण र अनियमितताको आरोप लगाउँदै अघिल्लो मंगलबार सरकारले स्पष्टीकरण सोधेपछि भट्टराईले गत सोमबार आफूले गरेका कामको विवरण सार्वजनिक गर्दै राजनीतिक पूर्वाग्रह साँधिएको भन्दै प्रष्टीकरण नदिने बताएका थिए ।

प्रष्टीकरण सोधेर सरकारले हटाउने तयारी गरिरहँदा भट्टराईले त्यसअघि नै आज भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा राजीनामा बुझाएका हुन् ।

भट्टराईलाई केपी ओली नेतृत्वको सरकारले २०७७ जेठ २८ गते नियुक्त गरेको थियो । उनले असार ४ बाट कार्यभार सम्हालेका थिए ।

प्रकाशित मिति : २७ श्रावण २०७८, बुधबार  ४ : ३५ बजे

पोखराको धार्मिक पर्यटकीय क्षेत्र पुम्दीभुम्दीको प्रवर्द्धन गर्न ‘हाइकिङ’

कास्की – पोखरा महानगरपालिका–२२ मा अवस्थित विशाल महादेवको मूर्तिसहितका धार्मिक

गोरखाको जङ्गलमा पाँच थान भरुवा बन्दुक भेटियो

गोरखा – गोरखाको एक जङ्गलमा पाँच थान भरुवा बन्दुक बेवारिसे

नित्यनाथ मन्दिर पुनर्निर्माण सम्पन्न

काठमाडौं – काठमाडौं महानगरपालिका–८ जयवागेश्वरीस्थित नवालीटोलमा रहेको लिच्छविकालीन नित्यनाथ मन्दिर

पर्यटक र तीर्थयात्रीको सहजताका लागि शिवधारा क्षेत्रमा स्वास्थ्यकर्मीको टोली परिचालन

सङ्खुवासभा – सङ्खुवासभाको मकालु गाउँपालिकाअन्तर्गत मकालु आधार शिविर तथा धार्मिकस्थल

अमेरिकी बालबालिकाको गोपनीयतासम्बन्धी मुद्दामा टिकटकले ४० करोड डलर तिर्न सहमत

सान फ्रान्सिस्को – भिडियो सेयरिङ प्लेटफर्म टिकटकले सङ्घीय बालबालिकाको गोपनीयतासम्बन्धी