सप्तरीमा सेनाको गाडी र पिकअप भ्यान ठोक्किँदा एक जनाको मृत्यु « Khabarhub

सप्तरीमा सेनाको गाडी र पिकअप भ्यान ठोक्किँदा एक जनाको मृत्यु


२७ श्रावण २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका–१ भारदहस्थित कङ्कालिनी मन्दिर नजिक आज अपराह्न भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

पूर्व–पश्चिम राजमार्गमा भएको दुर्घटनामा झापाको दमक नगरपालिकाका ४२ वर्षीय मेघराज शर्माको घटनास्थलमा नै मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ ।

पूर्वबाट पश्चिम जाँदै गरेको १८ नम्बर बाहिनी गाईघाट उदयपुरको प्रदेश नम्बर ३–०१–००१ ग ३७२५ नम्बरको वनटेन गाडी र विपरीत दिशाबाट आउँदै गरेको मे १ च ६९२५ नम्बरको पिकअप गाडी एकापसमा ठक्कर खाँदा पिकअप चालक शर्माको मृत्यु भएको हो ।

पिकअप गाडीका सहचालक सुनसरीको इटहरी नगरपालिका–५ का ५२ वर्षीया भवानी र नेपाली सेनाको गाडीमा सवार खोटाङको मझुवागढी नगरपालिका–१० का ४२ वर्षीय १८ नम्बर बाहिनी उदयपुरमा कार्यरत जमदार जीवन गरी घाइते भएका छन् ।

घाइतलाई उपचारका लागि अस्पताल पठाइएको र सेनाको वनटन गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले बताए ।

प्रकाशित मिति : २७ श्रावण २०७८, बुधबार  ९ : १५ बजे

चीनले नेपालसँग जलविज्ञान अनुगमनसम्बन्धी सूचना निरन्तर आदानप्रदान गर्ने

काठमाडौँ- चीनले नेपालसँग आपत्कालीन जलविज्ञान अनुगमनसम्बन्धी सूचना निरन्तर आदानप्रदान गर्ने

बाढीका कारण प्रभावित १३ हजारभन्दा बढीको उद्धार

काठमाडौं– रसुवाको भोटेकोशीमा आएको बाढीका कारण प्रभावित १३ हजारभन्दा बढीको

सुरुङबाट उद्धार गरिएका दुवैको आईसीयूमा उपचार हुँदै, कबीरले सुरुमा चिनेनन् आफन्त

काठमाडौं– रसुवास्थित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङबाट जीवित उद्धार गरिएका

दोस्रो विश्वयुद्धपछि इटालीमा सबैभन्दा लामो समय प्रधानमन्त्रीको पद सम्हाल्ने कीर्तिमान मेलोनीको नाममा

काठमाडौं- जर्जिया मेलोनीले दोस्रो विश्वयुद्धपछि इटालीमा सबैभन्दा लामो समय प्रधानमन्त्रीको

नुवाकोटको पटाबारीमा पहिरो, राहत बोकेका गाडी रोकिए (तस्बिरहरू)

नुवाकोट– काठमाडौंबाट नुवाकोटतर्फ जाने सडकखण्डअन्तर्गत लिखु नगरपालिका–३, पटाबारीमा पहिरो खसेको छ