सरकारी कार्यालय नै तिर्दैनन् बिजुलीको बिल « Khabarhub

सरकारी कार्यालय नै तिर्दैनन् बिजुलीको बिल


३१ बैशाख २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमही– नेपाल विद्युत् प्राधिकरणको दाङको लमहीस्थित उपवितरण केन्द्रले मात्रै साढे १ करोड रुपैयाँ विद्युत् महसुल उठाउन बाँकी छ ।

प्राधिकरणको लमही उपवितरण केन्द्रले २२ महिनासम्मको महसुल उठाउन सकेको छैन ।

उपवितरण केन्द्रअन्तर्गतका १ हजार २ सय ४३ ग्राहकबाट जरिवानाबाहेक १ करोड ४० लाख ९५ हजार १ सय ८५ रुपैयाँ उठाउन बाँकी छ ।

उपवितरण केन्द्रअन्तर्गत सबैभन्दा धेरै एसएमबी फुड प्रोडक्टको ६ लाख १९ हजार ५ सय ४ रुपैयाँ बराबर विद्युत महसुल बुझाउन बाँकी छ ।

यस्तै प्राथमिक स्वास्थ्य केन्द्र लमहीको १ लाख ७५ हजार ७ सय २४, मनकामना एग्रिगेट बालुवा उद्योगको १ लाख ४ हजार, चिरण राइस मिल (पाण्डे राइस आयल मिल) को ४ लाख ७८ हजार ७ सय ४६, खानेपानी योजनाको १ लाख ६७ हजार, खड्का सःमिलको १ लाख ६७ हजार १ सय ५०, लमही नगर विकास समितिको ५१ हजार महसुल बाँकी छ ।

बगिया खानेपानी भैसहवाको १ लाख ९७ हजार, छम्पाली आयल मिलको १ लाख ९ हजार, दाङ भ्याली ह्युमपाइप सुन्डबरीको ६४ हजार, नर्ति रेञ्जपोष्टको ५३ हजार, राप्ती उद्यम प्रालिको ३ लाख १५ हजार, भन्सार कार्यालयको ५७ हजार, हमाल राइस तथा आयल मिलको ६३ हजार, शिवशक्ति कृषक सहकारी संस्थाको १ लाख १२ हजार, गोराराम बोहोराले ३ लाख ६४ हजार विद्युत् महसुल बुझाउन बाँकी रहेको उपवितरण केन्द्रले जनाएको छ ।

विद्युत् प्राधिकरण लमही उपवितरण केन्द्रका प्रमुख नन्दलाल शर्माका अनुसार धेरैजसो सरकारी कार्यालय र उद्योगको महसुल बाँकी छ । उनले महसुल नबुझाएका ग्राहकको तत्काल विद्युत लाइन काट्ने तयारी भइरहेको पपिन बताए ।

मिटर जाँच भएको ६० दिनभित्र महसुल नबुझाए लाइन काट्ने प्रावधान रहे पनि उपवितरण केन्द्र लमहीले २२ महीनासम्म पनि महसुल नबुझाएका ग्राहकको विद्युत् लाइन काट्न भने सकेको छैन ।

प्रकाशित मिति : ३१ बैशाख २०७६, मंगलबार  १२ : ४५ बजे

ट्राफिक कारबाहीबाट २४ घण्टामा २२ लाखभन्दा बढी राजस्व संकलन

काठमाडौं– काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा सवारी नियम उल्लङ्घन गर्ने

जनस्वास्थ्य संकट बन्दै विषालु च्याउः हरेक वर्ष कतिले गुमाउँछन् ज्यान ?

वर्षायाम सुरु भएसँगै आकाशबाट पानी पर्दा खेती किसानी गर्ने वर्गलाई

चितवनमा यसरी हुँदैछ रास्वपा महाधिवेशनको तयारी (तस्बिरहरू) 

काठमाडौं- चितवन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशनको

लोप हुँदै थारु समुदायको ‘ढकिया’

तुलसीपुर– थारु समुदायको पहिचानका रूपमा रहेको ढकिया लोप हुने अवस्थामा

सत्तरी हजार गाईभैँसीलाई खोरेतविरुद्धको खोप

चितवन– यहाँका किसानले पालेका ७० हजार पशुचौपायालाई खोरेतविरुद्धको खोप लगाइएको