सरकारी कार्यालय नै तिर्दैनन् बिजुलीको बिल « Khabarhub

सरकारी कार्यालय नै तिर्दैनन् बिजुलीको बिल


३१ बैशाख २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमही– नेपाल विद्युत् प्राधिकरणको दाङको लमहीस्थित उपवितरण केन्द्रले मात्रै साढे १ करोड रुपैयाँ विद्युत् महसुल उठाउन बाँकी छ ।

प्राधिकरणको लमही उपवितरण केन्द्रले २२ महिनासम्मको महसुल उठाउन सकेको छैन ।

उपवितरण केन्द्रअन्तर्गतका १ हजार २ सय ४३ ग्राहकबाट जरिवानाबाहेक १ करोड ४० लाख ९५ हजार १ सय ८५ रुपैयाँ उठाउन बाँकी छ ।

उपवितरण केन्द्रअन्तर्गत सबैभन्दा धेरै एसएमबी फुड प्रोडक्टको ६ लाख १९ हजार ५ सय ४ रुपैयाँ बराबर विद्युत महसुल बुझाउन बाँकी छ ।

यस्तै प्राथमिक स्वास्थ्य केन्द्र लमहीको १ लाख ७५ हजार ७ सय २४, मनकामना एग्रिगेट बालुवा उद्योगको १ लाख ४ हजार, चिरण राइस मिल (पाण्डे राइस आयल मिल) को ४ लाख ७८ हजार ७ सय ४६, खानेपानी योजनाको १ लाख ६७ हजार, खड्का सःमिलको १ लाख ६७ हजार १ सय ५०, लमही नगर विकास समितिको ५१ हजार महसुल बाँकी छ ।

बगिया खानेपानी भैसहवाको १ लाख ९७ हजार, छम्पाली आयल मिलको १ लाख ९ हजार, दाङ भ्याली ह्युमपाइप सुन्डबरीको ६४ हजार, नर्ति रेञ्जपोष्टको ५३ हजार, राप्ती उद्यम प्रालिको ३ लाख १५ हजार, भन्सार कार्यालयको ५७ हजार, हमाल राइस तथा आयल मिलको ६३ हजार, शिवशक्ति कृषक सहकारी संस्थाको १ लाख १२ हजार, गोराराम बोहोराले ३ लाख ६४ हजार विद्युत् महसुल बुझाउन बाँकी रहेको उपवितरण केन्द्रले जनाएको छ ।

विद्युत् प्राधिकरण लमही उपवितरण केन्द्रका प्रमुख नन्दलाल शर्माका अनुसार धेरैजसो सरकारी कार्यालय र उद्योगको महसुल बाँकी छ । उनले महसुल नबुझाएका ग्राहकको तत्काल विद्युत लाइन काट्ने तयारी भइरहेको पपिन बताए ।

मिटर जाँच भएको ६० दिनभित्र महसुल नबुझाए लाइन काट्ने प्रावधान रहे पनि उपवितरण केन्द्र लमहीले २२ महीनासम्म पनि महसुल नबुझाएका ग्राहकको विद्युत् लाइन काट्न भने सकेको छैन ।

प्रकाशित मिति : ३१ बैशाख २०७६, मंगलबार  १२ : ४५ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै