संक्रमण बढेपछि बागलुङमा फेरि निषेधाज्ञा « Khabarhub

संक्रमण बढेपछि बागलुङमा फेरि निषेधाज्ञा


२८ श्रावण २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बागलुङ– कारोना संक्रमण दर दिनानुदिन बढ्दै जान थालेपछि बागलुङमा जारी निषेधाज्ञालाई थप कडाई गरिएको छ ।
जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डिसीएमसी)को मंगलबार बसेको बैठकले साउन २८ गतेदेखि भदौ ५ गतेसम्म कडाएका साथ निषेधाज्ञा गर्ने निर्णय गरेको हो ।

बैठकले साउन २८ गते बिहान ५ बजेदेखि भदौ ५ गते राति १२ बजेसम्म जिल्लाभर निषेधाज्ञा थप कडाइका साथ लागू गर्ने निर्णय गरेको निमित्त प्रमुख जिल्ला अधिकारी गणेश गौतमले बताए ।

निषेधाज्ञाको समयमा सरकारी र गैर सरकारी कार्यालयहरु, बैंक, सहकारी, विमा तथा वित्तीय संस्था, शैक्षिक संस्थाहरु र अतिआवश्यक बाहेकका सार्वजनिक तथा निजी यातायात बन्द गरिने भएको छ । बैठकले अत्यावश्यक खाद्यान्न, आइतबार, बुधबार र शुक्रबार मात्रै बिहान १० बजेसम्म सञ्चालन गर्न दिइने भएको छ । फलफूल, माछामासु तथा दूध ढुवानी र वितरण बिहान १० वजे सम्म सञ्चालनमा आउनेछ ।

जिल्लामा ६०३ जना संक्रिय संक्रमित छन्, भने ६३ जनाको कोरोना संक्रमणका कारण मृत्यु भइसकेको स्वास्थ्य कार्यालयका कोरोना स्रोत व्यक्ति देश प्रकाश घिमिरेले जानाकारी दिए । बागलुङ नगरपालिकाले १० दिन कडा निषेधाज्ञा गर्न जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र डीसीएमसीलाई सोमबार सिफारिस गरेको थियो । संक्रिय संक्रमितको आधा संक्रमित बागलुङ नगरपालिकामा मात्रै छन ।

प्रकाशित मिति : २८ श्रावण २०७८, बिहीबार  १२ : १५ बजे

चीनले नेपालसँग जलविज्ञान अनुगमनसम्बन्धी सूचना निरन्तर आदानप्रदान गर्ने

काठमाडौँ- चीनले नेपालसँग आपत्कालीन जलविज्ञान अनुगमनसम्बन्धी सूचना निरन्तर आदानप्रदान गर्ने

बाढीका कारण प्रभावित १३ हजारभन्दा बढीको उद्धार

काठमाडौं– रसुवाको भोटेकोशीमा आएको बाढीका कारण प्रभावित १३ हजारभन्दा बढीको

सुरुङबाट उद्धार गरिएका दुवैको आईसीयूमा उपचार हुँदै, कबीरले सुरुमा चिनेनन् आफन्त

काठमाडौं– रसुवास्थित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङबाट जीवित उद्धार गरिएका

दोस्रो विश्वयुद्धपछि इटालीमा सबैभन्दा लामो समय प्रधानमन्त्रीको पद सम्हाल्ने कीर्तिमान मेलोनीको नाममा

काठमाडौं- जर्जिया मेलोनीले दोस्रो विश्वयुद्धपछि इटालीमा सबैभन्दा लामो समय प्रधानमन्त्रीको

नुवाकोटको पटाबारीमा पहिरो, राहत बोकेका गाडी रोकिए (तस्बिरहरू)

नुवाकोट– काठमाडौंबाट नुवाकोटतर्फ जाने सडकखण्डअन्तर्गत लिखु नगरपालिका–३, पटाबारीमा पहिरो खसेको छ