कुवेतमा चर्को घाममा काम गर्ने १३ जना पक्राउ | Khabarhub Khabarhub

कुवेतमा चर्को घाममा काम गर्ने १३ जना पक्राउ


२९ श्रावण २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा : कुवेतमा चर्को घाममा काम गर्ने १३ विदेशी श्रमिक पक्राउ परेका छन् ।

कुवेतस्थित पब्लिक अथोरिटी फर म्यानपावर (पीएएम) को फरवानीया गभर्नरोरेटका पेशागत सुरक्षा विभागका प्रमुख अहमद दश्तीका अनुसार निरीक्षणको क्रममा उनीहरुलाई पक्राउ गरिएको बताए ।

पीएएमको टोलीले तीन वटा साइटहरुमा निरीक्षण गर्दा नियम उल्ल्घन गर्ने कम्पनीहरुलाई कारबाहीको लागि सम्बन्धित निकायमा सिफारिस गरेको जनाएको छ ।

जसमा विभागले निरीक्षण गर्दा १३ जना कामदारले कानून उल्लंघन गरेको विभागका प्रमुख अहमद दश्तीलाई उदृत गर्दै अरब टाइम्सले जनाएको छ ।
यसअघि पनि विभिन्न साइटहरूको निरीक्षण गर्दा २८१ कम्पनीलाई कारबाही र नियम उलङ्घन गर्ने ४३९ कामदारलाई पक्राउ गरेको थियो ।

रोजगारदाताहरुलाई कामदारहरुको सुरक्षाको ग्यारेन्टी गर्ने र कानुनी उत्तरदायित्वबाट टाढा रहन निर्णयको पालना गर्न पीएएमले पटक पटक आग्रह गर्दै आएको छ ।

कुवेतले गत १ जुनदेखि ३१ अगस्टसम्म बिहान ११ बजेदेखि बेलुका ४ बजेसम्म सूर्यको किरण प्रत्यक्ष पर्ने खुल्ला क्षेत्रमा श्रमिकलाई काममा लगाउन नपाइने निर्णय गरेको थियो ।

कुवेतमा विभिन्न क्षेत्रमा गरी करिव ७० हजारको हाराहारीमा नेपाली कार्यरत रहेको त्यहाँस्थित नेपाली दूतावासले जनाएको छ । कुवेतमा पनि धेरै नेपाली निर्माण क्षेत्रमा कार्यरत रहेको पाइन्छ ।

तस्वीर : कुवेत न्युज एजेन्सी

प्रकाशित मिति : २९ श्रावण २०७८, शुक्रबार  ८ : ३१ बजे

चार प्रदेशका केही स्थानमा अत्यधिक वर्षा हुने 

काठमाडौं – हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको

एमाले विधान महाधिवेशनमा विद्या भण्डारी प्रतिनिधि बन्न नपाउने

काठमाडौं – नेकपा (एमाले)को विधान महाधिवेशनमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी प्रतिनिधि

एमाले पदाधिकारी १५ सदस्यीय हुने : उमेरहद र दुई कार्यकाल हटाउने

काठमाडौं – नेकपा (एमाले) १९ सदस्य पदाधिकारीको संख्या घटाउने भएको

शुक्रबारको लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८२ साल साउन २ गते शुक्रबार। साउन