'वि विल राइज फाउन्डेसन'द्वारा सरकारलाई ५० थान अक्सिजन कन्सन्ट्रेटर सहयोग | Khabarhub Khabarhub

‘वि विल राइज फाउन्डेसन’द्वारा सरकारलाई ५० थान अक्सिजन कन्सन्ट्रेटर सहयोग


२९ श्रावण २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– ‘वि विल राइज फाउन्डेसन’ले सरकारलाई ५० थान अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेको छ ।

हङकङस्थित सिल्क रोड इन्टरनेसनल फाउन्डेसनको सहयोग र वि विल राइजको सहकार्यमा करिब ५० लाख रुपैयाँ बराबरको उक्त सामाग्री प्रदान गरिएको हो ।

फाउन्डेसनका संस्थापक निर्देशक निर्मल श्रेष्ठ र संचालन निर्देशक अनुप कुमार बरालले शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विशेषज्ञ डा. दिपेन्द्ररमण सिंहलाई उक्त स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हुन् ।

कोरोना संक्रमितको उपचारमा सहयोग पुर्‍याउने हेतुले  अक्सिजन कन्सन्ट्रेटर सहयोगका लागि पहल गरिएको फाउन्डेसनका संस्थापक तुलसी कुमार गुरुङले बताए ।

‘ज्यान जहाँ रहे पनि मन त नेपालमै छ,’ हाल हङकङमा रहेका गुरुङले भने, ‘कुनै पनि कोरोना संक्रमित नेपालीले अक्सिजन अभावमा मृत्युवरण गर्नु नपरोस् भन्ने सोचले कन्सन्ट्रेटर सहयोगको पहल गरेका हौं ।’

हङकङेलीहरुले नेपाललाई आइपर्ने प्रत्येक आपत विपतमा सहयोग गरिरहेको स्मरण गर्दै पछिल्लो सहयोगका लागि हातेमालो गर्ने सिल्क रोड इन्टरनेसनल फाउन्डेसनप्रति पनि आभार व्यक्त गरे ।

‘वि विल राइज फाउन्डेसन जस्ता संस्थाहरुको सहयोगले कोरोनालाई परास्त गर्न सहयोग पुग्नेछ,’ सहायता सामग्री ग्रहण गर्दै मन्त्रालयका प्रमुख विशेषज्ञ डा. सिंहले भने, ‘यो सहयोगका लागि फाउन्डेसनप्रति आभार व्यक्त गर्दछु ।’

संस्थाले विभिन्न सामाजिक कार्य गर्दै आएको फाउण्डेसनका निर्देशक एवं कार्यक्रम संयोजक श्रेष्ठले बताए ।

प्रकाशित मिति : २९ श्रावण २०७८, शुक्रबार  ८ : ३० बजे

भानु जयन्तीको पूर्वसन्ध्यामा भानु रथयात्रा

काठमाडौं– भानु जयन्तीको पूर्वसन्ध्यामा विराटनगर प्रज्ञा प्रतिष्ठानले शनिबार विराटनगरमा भानु रथयात्रा

चार वर्षपछि हट्यो फिफाको आर्थिक बन्देज, एन्फा नेतृत्व सफल भएको दाबी

काठमाडौं– आर्थिक अपारदर्शिता र भ्रष्टचारको आरोपमा चार वर्षदेखि विश्व फुटबल

म्यान्मामा गुम्बालक्षित हवाई आक्रमण, २२ जना सर्वसाधारणको मृत्यु

एजेनसी – म्यान्माको सागाइङ क्षेत्रको लीन ता लु गाउँस्थित एक

कसरी बन्यो तपाईँको थर ?

काठमाडौँ – थर अर्थात् वंशानुगत उपपद, मूल कुल परम्पराबाट सन्तान

प्रधानमन्त्री ओलीद्वारा इलामको माई नगर अस्पताल उद्‌घाटन

फिक्कल– प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार इलामको माई नगरपालिकामा निर्मित