‘प्रहरी हौं’ भन्दै ठगी गर्ने पक्राउ | Khabarhub Khabarhub

‘प्रहरी हौं’ भन्दै ठगी गर्ने पक्राउ


३० श्रावण २०७८, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

झापा– प्रहरी हौँ भन्दै ठगी गर्ने दुई जना झापाबाट पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार झापा कन्काई ७ का ४० वर्षीय विकास उप्रेती र विर्तामोड ३ का ३२ वर्षीय टीका खत्रीलाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरूले विर्तामोडका एक व्याक्तिले लागुऔषधको कारोवार गर्छ भन्दै धम्क्याएर रकम असुल्दै आएका थिए । सोही परिवारको उजुरीका आधारमा उनीहरू पक्राउ परेका छन् ।

यस्तो थियो घटना :

उनीहरूले गत साउन ११ गते विर्तामोड ५ जत्रुबारीका नयनसरी राजवंशीको घरमा ठगी गरेका थिए । जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता, प्रहरी नायव उपरीक्षक राकेश थापाका अनुसार उनीहरूले ‘हामी सादा पोसाकका प्रहरी हौं तपाईको छोरो लागुऔषध खाने बेच्ने गर्छ र डिलर पनि हो’ भन्दै धम्क्याएका थिए ।

सो क्रममा आफ्नो छोरालाई जोगाउने २० हजार रुपैयाँ दिन र नदिए मुद्दा चलाउने बताएका थिए । त्यस क्रममा १ हजार १ सय रुपैयाँ लिएर बाँकि लिन पुनः आउने भन्दै उनीहरू गएका थिए । तर ३ दिन पछि साउन १४ गते राती सोहि घरमा पुगेर आफुहरूका बारेमा किन हल्ला गरेको भन्दै धम्क्याएका थिए ।

त्यस क्रममा उनीहरूले लागुऔषधको कारोवारी भनि आरोप लगाएका २५ वर्षीय विशाल राजवंशीलाई कुटपिट समेत गरेका थिए ।

कुटपिट पछि राजवंशीले साउन २२ गते ईलाका प्रहरी कार्यालय अनारमनीमा घटना बारे निवेदन दिएकी थिईन् । निवेदन पछि खोजी गर्ने क्रममा उनीहरू पक्राउ परेको प्रहरीले जनाएको छ ।

उनीहरू माथि अभद्र ब्यवहार मुद्दा शिर्षकमा थप अनुसन्धान कार्य भईरहेको छ ।

बैदेशीक रोजगारीका नाममा ठग्ने पक्राउ

बैदेशीक रोजगारीका नाममा ठगी गरि वैदेशीक रोजगार न्याधीकरणबाट दोषि ठहर भई सकेकी एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । २०७२ साले जेष्ठ १७ गते जिल्ला अदालतबाट दोषी ठहर भई फरार रहँदै आएकी झापा विर्तामोड ६ की ४८ वर्षीया उर्मीला पन्दाकलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार सर्वोच्च अदालतको निर्देशन अनुसार गठित फैसला कायान्वयन ईकाईबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो । न्याधीकरणले उनलाई १ वर्ष ६ महिना कैद र १ लाख ५० हजार रुपैयाँ जरिवानाको फैसला गरेको थियो ।

प्रकाशित मिति : ३० श्रावण २०७८, शनिबार  ३ : ३० बजे

‘कृषिको उत्पादकत्व बढाउन बाँदर नियन्त्रण जरुरी’

बागलुङ– बागलुङको जैमिनी नगरपालकाले तीन वर्षदेखि चर्चामा सीमित भएको बाँदर

रुकुमपश्चिममा चट्याङ लागेर एक महिलाको मृत्यु

रुकुमपश्चिम– रुकुमपश्चिममा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ ।

करेन्ट लागेर मुगुमा दश खच्चर मरे

मुगु– मुगुको छायानाथ रारा नगरपालिका– ११ कुसा टाउमा विद्युत सेवा

गोरखाको ढुङ्गागाढे–खाब्दी भञ्ज्याङ सडक अवरुद्ध

गोरखा– गोरखाको शहीद लखन गाउँपालिका– ७ स्थित ढुङ्गागाढे भञ्ज्याङ नजिकै

चिमखोला–मङ्गले–राहुघाट जलविद्युत् आयोजनाको परीक्षण उत्पादन सुरु

म्याग्दी- म्याग्दीको रघुगङ्गा गाउँपालिकामा निर्माण भएको ३७ दशमलव पाँच मेगावाट