घरभित्र कै कामले घट्छ तौल « Khabarhub

घरभित्र कै कामले घट्छ तौल


३१ श्रावण २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोटोपनका शिकार भएकाहरु जसरी पनि आफ्नो वजन घटाउने ध्याउन्नमा हुन्छन् । यसकालागि कतिपयले बजारमा पाइने कुनै पनि औषधी वा तौल घटाउने उत्पादनको प्रयोग गरेर पेटको बोसो घटाउने सोचमा रहन्छन् । तर ध्यान रहोस् यी कुराको सेवनले तपाईंको स्वास्थ्यमा नकारात्मक असर पुर्याउन सक्छ ।

बजारमा पाइने धेरैजसो उत्पादनमा केमिकलको प्रयोग गरिएको हुन्छ । यसले शरिरलाई फाइदा भन्दा बढि बेफाइदा पुर्याउँछ । यस्तोमा बढिरहेको बोसो घटाउन प्राकृतिक तरिका अपनाउनु नै लाभदायक हुन्छ ।

१. ग्रीन टीको सेवन
पछिल्ला केही वर्षयता नेपालीहरु माझमा ग्रिन टीको लोकप्रियता निकै छ । ग्रीन टीमा क्याटेचिन्स नामक यौगिक पाइन्छ जसले शरिरको अतिरिक्त बोसो हटाउन सहयोग गर्दछ ।

२. दालचीनी
यदि तपाईं केहि दिनमै तौल घटाउन चाहानुहुन्छ भने दालचीनीको उपाय फाइदाजनक हुन्छ । बिहानीको खाजाअघि र सुत्नुभन्दा पहिले एक कप पानीमा एक चम्चा दालचीनी पाउडर मिसाएर दैनिक दुई पटक पिउँदा केही दिनमा मोटोपन घट्ने गर्दछ ।

३. केरा
केरामा भरपुर मात्रामा पोटासियम पाइन्छ । यसले मोटोपनाका साथै फास्ट फूडको लतलाई कम गर्दछ । जसका कारण स्वतः तौल कम हुन पुग्दछ ।

४. लसुन
प्राकृतिक एन्टी बायोटिक लसुनले सुगरलाई नियन्त्रित गर्ने काम गर्दछ । यसले शरिरमा बोसोलाई जम्मा हुन नदिने हर्मोनलाई सक्रिय बनाउने काम गर्दछ ।

५. पुदीना
एक कप मनतातो पानीमा पुदीनाका केही पात र इच्छा अनुसार मह मिसाएर पिएमा पेटको बोसो कम हुन्छ ।

६. स्याउ
स्याउमा पोटासियम हुन्छ जसले धेरैबेरसम्म भोक लागेको महसुस हुँदैन । यसले तौल कम गर्न मद्दत गर्दछ । विभिन्न एजेन्सीको सहयोगमा

प्रकाशित मिति : ३१ श्रावण २०७८, आइतबार  १२ : १२ बजे

विद्युतीय प्रसारण लाइनको तार मुनीको जग्गाको कित्ताकाट गर्न पाइने

काठमाडौं – सरकारले विद्युतीय प्रसारण लाइनको तार मुनी पर्ने जग्गाको

ज्येष्ठ नागरिक समाजका अमूल्य धरोहर : मुख्यमन्त्री आचार्य

लुम्बिनी– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले ज्येष्ठ नागरिक समाजका अमूल्य

आईसीसी वरीयतामा बुमराहको छलाङ : कुन खेलाडी कहाँ छन् ?

काठमाडौं – अन्तर्राष्ट्रिय क्रिकेटको वरीयतामा भारतीय खेलाडी सधैँ अगाडि छन्।

मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

चितवन– मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा

४७ वर्षको जटिलता ४७ दिनमै अन्त्य, जेन-जी सरकारबाट स्वास्थ्य क्षेत्रमा ऐतिहासिक पहल

सिरहा– अस्पतालको काम बिरामीको उपचार गर्नु हो, तर लहानको रामकुमार