अझै टुंगिएन माओवादीबाट सरकारमा जाने मन्त्रीको नाम | Khabarhub Khabarhub

अझै टुंगिएन माओवादीबाट सरकारमा जाने मन्त्रीको नाम

केन्द्रीय कमिटी बैठक आजै टुंग्याउने तयारी


३१ श्रावण २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सत्तारुढ नेकपा माओवादीले सरकारमा सहभागी हुने मन्त्रीको नाम अझै टुंग्याउन सकेको छैन ।

मन्त्रीको नामावली टुंग्याउन भन्दै आज बसेको स्थायी कमिटीको बैठकले नाम टुंग्याउन नसकेको एक नेताले जानकारी दिए । बैठकमा सरकारमा सहभागी मन्त्रीको नामका विषयमा गम्भीर छलफल भएको उनले बताए ।

बैठकमा पार्टी नेताहरूको कार्य विभाजन लगायतका विषयमा छलफल भएको थियो।

त्यस्तै बैठकले आजै केन्द्रीय कमिटीको बैठक सम्पन्न गर्ने गरी अघि बढ्ने निर्णय गरेको छ । बैठकमा नेताहरूको कार्यविभाजनलगायत विषयमा छलफल भएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।

केन्द्रीय कमिटी बैठकमा समूहगत छलफलबाट आएका रिपोर्टलाई सोमबार बस्ने स्थायी कमिटी बैठकले व्याख्या गरी निष्कर्ष निकाल्ने उनले जानकारी दिए ।

उनले भने, ‘आज बसेको स्थायी समितिको बैठकले सकेसम्म आज नै केन्द्रीय समितिको बैठक सम्पन्न गर्ने गरी अगाडि बढ्ने कोसिस गर्ने समझदारी बनाएका छौँ । आजको केन्द्रीय समितिको बैठकमा समूहगत छलफलबाट रिपोर्टहरू आउनेछन्, त्यसपछि त्यसको व्याख्या र निष्कर्षका लागि स्थायी समितिको बैठक भोलि बस्नेछ ।’

आजको केन्द्रीय कमिटी बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहालले पेस गरेको राजनीतिक तथा सांगठनिक प्रतिवेदनमाथि समूहगत रूपमा छलफल हुनेछ । समूहगत छलफलपछि प्राप्त सुझावका आधारमा प्रतिवेदन पास हुनेछ ।

स्थायी कमिटी बैठक लगत्तै अहिले पार्टीको केन्द्रीय कमिटी बैठक जारी छ ।

प्रकाशित मिति : ३१ श्रावण २०७८, आइतबार  १२ : २७ बजे

‘सुनमा करको दर बढाएर मुलुक ग्रे लिस्टबाट बाहिर निस्किँदैन’

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले सुनमा करको

इरानले इजरायलमाथि दिउँसै गर्‍यो अहिलेसम्मकै लामो आक्रमण, दक्षिणी क्षेत्रका सहरमा बिजुली बन्द

तेहरान- इजरायलसँगको लडाइँ तीव्र बन्दै गर्दा इरानले सोमबार दिउँसै ठूलो

बराहक्षेत्रको बजेट १ अर्ब बढी, कृषिलाई पर्यटनसँग जोड्ने योजना

चतरा– सुनसरीको बराहक्षेत्र नगरपालिकाले आव २०८२-८३ का लागि १ अर्ब

सुनचाँदी गहनामा लगाइएको विलासिता कर फिर्ता लिन सुनचाँदी व्यवसायीको माग

काठमाडौं– सुनचाँदी व्यवसायीहरूले सुनचाँदी गहनामा लगाइएको विलासिता कर फिर्ता लिन

उपराष्ट्रपति यादवसँग अमेरिकी राजदूत थम्प्सनको भेट

काठमाडौँ– उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका