डोरमणि पौडेलले दिए राजीनामा, अष्टलक्ष्मी शाक्य मुख्यमन्त्री बन्दै « Khabarhub

डोरमणि पौडेलले दिए राजीनामा, अष्टलक्ष्मी शाक्य मुख्यमन्त्री बन्दै


२ भाद्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मकवानपुर– वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले पदबाट राजीनामा दिएका छन् ।

नेकपा एमाले औपचारिकरुपमा विभाजन भएसँगै पौडेलले बुधबार संसदीय दलको नेता र मुख्यमन्त्रीबाट राजीनामा दिएका हुन् । उनले बुधबार प्रदेश प्रमुख विष्णु प्रसाईंलाई राजीनामा बुझाएका हुन् ।

डोरमणीकै प्रस्तावमा अष्टलष्मी शाक्य संसदीय दलको नेतामा सर्वसम्मत चयन भएकी हुन् ।

हेटौंडा–१० स्थित प्रदेशसभा सचिवालयमा बसेको बैठकले शाक्यलाई संसदीय दलको नेतामा चयन गर्दै मुख्यमन्त्रीको रुपमा अगाडि बढाउने निर्णय गरेको सांसद अरुण नेपालले जानकारी दिए ।

अब वाग्मती प्रदेशको दोस्रो मुख्यमन्त्रीको रुपमा शाक्य संविधानको धारा ७६ (१) अनुसार बहुमतको आधारमा नियुक्त हुनेछिन् ।

प्रकाशित मिति : २ भाद्र २०७८, बुधबार  ८ : ०० बजे

गगन थापाको राजनीतिक यात्रा : विद्यार्थी आन्दोलनदेखि कांग्रेस सभापतिसम्म

काठमाडौँ– नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित भएका छन् ।

पृथ्वी राजमार्ग अवरुद्ध भएपछि नयाँ बसपार्कभित्रै रोकिए सवारीसाधन (तस्बिरहरू)

काठमाडौँ– पृथ्वी राजमार्ग अवरुद्ध भएपछि गोङ्गबुस्थित नयाँ बसपार्कबाट बाहिरिने लामो

काभ्रेमा दुई हजार ६०० मतदाता घटे

काभ्रे– जिल्ला निर्वाचन कार्यालय काभ्रेले मतदाता नामावली अद्यावधिक गरेको छ

भारतीय युट्युबर ध्रुव राठी पक्राउ

काठमाडौँ– भारतका चर्चित राजनीतिक युट्युबर ध्रुव राठी पक्राउ परेका छन्

सोह्र श्राद्धको अन्तिम दिन पशुपतिनाथ परिसरमा पिण्डदान गर्नेको भीड (तस्बिरहरू)

काठमाडौँ– आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा