चिनियाँ कन्सुलेटमाथिको हमलामा भारत संलग्न रहेको आरोप पुष्टि गर्न पाकिस्तान असफल | Khabarhub Khabarhub

चिनियाँ कन्सुलेटमाथिको हमलामा भारत संलग्न रहेको आरोप पुष्टि गर्न पाकिस्तान असफल


४ भाद्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली- पाकिस्तान अदालतले चिनियाँ कन्सुलेटमा भएको आक्रमणबारे अभियोग पुष्टि गर्न असफल भएको छ ।

सन् २०१८ नोभेम्बरमा कराँचीस्थित चिनियाँ कन्सुलेटमा भएको आक्रमणमा भारतको संलग्नता रहेको आरोप पुष्टि गर्न प्रतिआतंकवाद अदालत असफल भएको हो ।

उक्त आक्रमण भारतको संलग्नतामा विद्रोही समूह बलोच लिबेरेसन आर्मीले गराएको आरोप लागेको थियो । तर अदालतले आरोपिबिरुद्ध साक्षी उपस्थित गराउन नसक्दा अभियोग पुष्टि गर्न असफल भएको हो ।

बलोच लिबेरेसन आर्मीले भारतीय गुप्तचर संस्था रअसँग मिलेर चीन र पाकिस्तानबीच सम्बन्ध साथै चीन पाकिस्तान आर्थिक कोरिडोर परियोजनामा खलल पुर्‍याउन आक्रमण गरेको आरोप लागेको थियो । प्रतिआतंकवाद अदालतका न्यायाधीशले मुद्दा उजुरीकर्तालाई अदालतमा उपस्थित गराउन छानविन अधिकारीलाई आग्रह गरेका थिए ।

तर, उजुरीकर्ता अन्तिम चार सुनुवाईमा अनुपस्थित रहेका थिए । गत जनवरीमा अदालतले आक्रमणकारीलाई हातहतियार, पैसा तथा लुक्ने बन्दोबस्त उपलब्ध गराएको भन्दै पाँच जनालाई दोषी प्रमाणित गरेको थियो ।

भारी अस्त्रसहित तीन जना आक्रमणकारीले २०१८ नोभेम्बर २३ मा चिनियाँ कन्सुलेटमाथि गरेको आक्रमणमा चार जनाको ज्यान गएको थियो ।

प्रहरीको कारबाहीमा आक्रमणकारीहरु अब्दुल रजाक, रइज बलोच र अजल बलोच मारिएका थिए । आक्रमणमा सघाउ पुर्‍याएको आरोपमा अहमद हस्नेन, मुहम्मद अस्लम, नदिर खान, अलि अहमद र अब्दुल लतिफलाई प्रति आतंकवाद विभागले पक्राउ गरेको थियो । आरोपी लतिफ र अस्लमले आक्रमण गरेको स्वीकारेका थिए ।

प्रकाशित मिति : ४ भाद्र २०७८, शुक्रबार  ९ : २१ बजे

राष्ट्रिय खुला टेनिस प्रतियोगिता आगामी कात्तिक ५ देखि

काठमाडौं– वीर गणेशमान सिंह फाउण्डेसन र वीर गणेशमान सिंह स्पोर्ट्स

नयाँ नोट मुद्रण नहुँदा राज्यलाई डेढ अर्ब फाइदा, सटही २५ अर्बले घट्यो

काठमाडौं– नेपाल राष्ट्र बैंकले दसैँतिहारलाई लक्षित गरी यस वर्ष नयाँ

जग्गा/आवास विकाससँग सम्बन्धित व्यवस्था पुनरावलोकनका लागि कार्यदल गठन

काठमाडौं– शहरी विकास मन्त्रालयले जग्गा आवास विकासमा देखिएका समस्या समाधानका

अमेरिकामा मिल्टन आँधीको असर

काठमाडौं– केही दिनअघि हेलेन आँधीले वितण्डा मच्चाएको अमेरिकामा अहिले मिल्टन

पाकिस्तानमा प्रदुषणका कारण भाइरसजन्य रोग बढ्यो

एजेन्सी– खराव धुवाँ अपर्याप्त सरसफाई, अस्वच्छ अवस्था र फोहोर व्यवस्थापन