टी-ट्वान्टी विश्वकपका लागि अष्ट्रेलियाको टिम घोषणा « Khabarhub

टी-ट्वान्टी विश्वकपका लागि अष्ट्रेलियाको टिम घोषणा


५ भाद्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेटका लागि अष्ट्रेलियाको टिम सार्वजनिक भएको छ ।

क्रिकेट अष्ट्रेलियाले आरोन फिन्चको कप्तानीमा बिहीबार विश्वकप खेल्ने १५ सदस्यीय टिमको घोषणा गरेको हो ।

टिमको उपकप्तानी पाट कुमिन्सले गर्ने छन् । अष्ट्रेलियाले घोषणा गरेको टिमम तीन वैकल्पिक खेलाडी राखिएको छ ।

अष्ट्रेलियाको टिममा फिन्च र कुमिन्ससँगै एस्टन अगर, मिचेल स्टार्क, जोस हाजलउड, मार्कुस स्टोनिस, जोश इंगलिस, मिचेल स्विपसन र मिचेल मार्श रहेका छन् । त्यस्तै स्टिभ स्मिथ, एडम जाम्पा,डेभिड वार्नर, म्याथ्यु वेड, ग्लेन म्याक्सवेल र केन रिचर्डसन रहेका छन् ।

टिमको वैकल्पिक खेलाडीमा डानिल साम्स, नाथन एलिस र डेनील क्रिस्टियन रहेका छन् । विकेट किपर ब्याट्सम्यान जोश पहिलो पटक अष्ट्रेलियाको टिममा परेका हुन् ।

सुपर १२ को समूह- १ मा रहेको अष्ट्रेलियाले अक्टोबर २३ मा दक्षिण अफ्रीकासँग खेल्दै विश्वकपको सुरुवात गर्नेछ ।

टी-ट्वान्टी विश्वकप अक्टोबर १७ बाट नोभेम्बर १४ सम्म यूएई र ओमानमा संयुक्त रुपमा हुनेछ ।

प्रकाशित मिति : ५ भाद्र २०७८, शनिबार  ७ : २० बजे

आजका समाचार : अवरोधबीच सदनमा मन्त्रीहरुको जवाफ, विश्वकपमा मेसीको ह्याट्रिक र लेबनानमा इजरायली आक्रमण जारी

मन्त्रीले आफ्ना प्रश्नको जवाफ नदिएको भन्दै श्रम संस्कृति पार्टीका सांसदले

सरकारको ‘नागरिक चौतारी’, नागरिकले सिधै दिन सक्नेछन् सुझाव

काठमाडौं – देश तथा विदेशमा रहेका नेपाली नागरिकलाई राज्यका गतिविधिमा प्रत्यक्ष सहभागी

कारागारबाट फरार वन्यजन्तु मुद्दाका अभियुक्त पक्राउ

काठमाडौं– ध्वाँसे चितुवाको छाला ओसारपसार तथा खरिद बिक्री मुद्दामा पुर्पक्ष

कूटनीतिक पहलमार्फत चिया निर्यातमा देखिएका अवरोध हटाउन महासङ्घको माग

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासङ्घले कूटनीतिक पहल गरी चिया निर्यातमा

पीआर लिएर विदेश बस्ने दुई कर्मचारीविरुद्ध कारवाही सिफारिस, अरुको पनि खोजी हुँदै

काठमाडौं- भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले